• ebarahadarpan
  • Sample Page
Sunday, January 11, 2026
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

बराहक्षेत्र नगरपालिकाको पुरक १५ औं नगरसभा सम्पन्न

बराह दर्पण by बराह दर्पण
January 5, 2025
in मुख्य समाचार
0
बराहक्षेत्र नगरपालिकाको पुरक १५ औं नगरसभा सम्पन्न
0
SHARES
Share on FacebookShare on Twitter

बराहक्षेत्र नगरपालिकाको १५ औं नगरसभा शुक्रबार सम्पन्न भएको छ ।
आन्तरिक आय वृद्धि गर्न के कस्ता उपायहरू अपनाउन किन्छ त्यसतर्फ बराहक्षेत्र नगरपालिकाले १५औं नगर सभामा आव २०८१÷८२ को अर्ध वार्षिक पुरक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै शुक्रबार नगर प्रमुख रमेश कार्कीले प्रस्तुत गरेका थिए ।

नगर सभामा नगरको आन्तरिक आयतर्फ विनियोजित बजेटमा ७ करोड ३५ लाख ९० हजार १ सय ५० रुपैयाँ अनुमान गरिएकामा चालु आर्थिक वर्षको ६ महिना बित्दा २ करोड ५ लाख ९४ हजार १ सय १० रुपैयाँ मात्र यथार्थ सङ्कलन गर्न सकेको छ ।

नगर उपप्रमुख प्रमुख नन्दकुमारी सुनुवारले प्रस्तुत गरेको पुरक बजेट तथा कार्यक्रममा बराहक्षेत्र नगरपालिकाको सम्मृद्धि र विकासको लागि सदैव लगनशील रहे पनि न्यून बजेट तथा अनुमानभन्दा कम राजश्व सङ्कलन भएको विद्यमान अवस्थामा नगरवासीको असीमित चाहाना र आकांक्षालाई सन्तुलित रुपमा सम्बोधन गर्न नसक्नु नगरपालिकाको प्रमुख चुनौती रहेको उल्लेख छ ।

नगर प्रमुख रमेश कार्कीले प्रस्तुत गरेको अर्ध वार्षिक प्रगति प्रतिवेदनमा ’नगरको सामाजिक तथा आर्थिक क्षेत्रको प्रगति उत्साहप्रद छ’ भनिएको छ । तर सोही प्रतिवेदनमा ’वित्तीय व्यवस्थापनतर्फ नगरपालिकाको आन्तरिक आयमा गिरावट आएको छ ।’ भनिएको छ ।

नगर प्रमुखको प्रगति प्रतिवेदन नै विरोधाभाषपूर्ण देखिन्छ । पुरक बजेट तथा कार्यक्रममा नगर उपप्रमुख नन्दकुमारी सुनुवारले प्रस्तुत गरेको पुस १५ गतेसम्मको यथार्थ खर्च विवरणमा ५० प्रतिशत विकास खर्च कुनै शीर्षकमा देखिंदैन । सुशासनतर्फ जोड दिएर चुनाव जितेका नगर प्रमुख कार्कीलाई सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा भएको खर्चले व्यङ्ग्य गरेको प्रतीत हुन्छ ।

जुन शीर्षकमा १.७७ प्रतिशतमात्रै खर्च भएको छ । पूर्वाधार विकासमा हालसम्म १५.४५ प्रतिशत खर्च भएको छ । नगरपालिकाले प्रकाशित गर्ने रातो किताब (नगर विकास कार्यक्रम पुस्तिका) मा त कुन चौमासिकमा कुन बजेट खर्च गर्ने र कति रकम खर्च गर्ने भन्ने समेत यकीन गरिएको छैन ।

बराहक्षेत्र नगरपालिकाको बजेट प्रक्षेपण विगत तीन आर्थिक वर्षदेखि निरन्तर ओरालो अवस्थामा छ । आर्थिक वर्ष २०७९÷८० मा १ अर्ब ७ करोड ८२ लाख ४१ हजार ९ सय ३० रुपैयाँँ प्रक्षेपण गरिएकामा यथार्थ ९४ करोड २ लाख ४१ हजार ९ सय ३० रुपैयाँ । आर्थिक वर्ष २०८०÷८१ मा प्रक्षेपण गरिएको ९८ करोड १५ लाख ९९ हजार २ सय ९२ रुपैयाँ । र आ व २०८१÷८२ का लागि ९३ करोड ९३ लाख २ हजार रुपैयाँ ।

नगरको आन्तरिक आयको प्रक्षेपणमा समेत ह्रास हुँदै आएको देखिन्छ । आव २०७९÷८० मा २५ करोड । आव २०८०÷८१ मा ७ करोड ३२ लाख र आव २०८१÷८२ मा ६ करोड ३५ लाख अनुमान गरिएको छ । चालु खर्च निरन्तर वृद्धि भइरहेको छ । आव २०७९÷८० मा नगरको चालु खर्च १२ करोड ४१ लाख ४६ हजार ।

आव २०८०÷८१ मा १३ करोड ८९ लाख ५० हजार । आव २०८१÷८२ मा १५ करोड ५२ लाख रुपैयाँ उल्लेख गरिएको छ । चालु खर्च भनेको तलब भत्ता र दैनिक कार्य सञ्चालनका लागि छुट्याइने खर्च हो ।यता विकास खर्च अर्थात पुँजीगत खर्च भने चालु आवमा वडातर्फ ७ करोड १५ लाख र नगरतर्फ १८ करोड ११ लाख ४३ हजार छ ।

आव २०७९÷८० मा वडातर्फ पुँजिगत खर्च ११ करोड प्रक्षेपण गरिएको थियो भने नगरतर्फ ४० करोड ५४ लाख २८ हजार ९ सय ३० रुपैयाँ थियो । आव २०८०÷८१ मा वडातर्फ ९ करोड ९० लाख र नगरतर्फ २६ करोड ५८ लाख २४ हजार २ सय ९२ रुपैयाँ थियो ।
यो तथ्यांकले बराहक्षेत्र नगरपालिका प्रत्येक वर्ष अधोगतितर्फ उन्मुख भएको देखिन्छ । आ.व. २०८१÷८२ का लागि पूर्वाधारतर्फ विभिन्न वडा तथा नगरबाट छनोट भएका जम्मा २ सय ६२ वटा योजनाको उपभोक्ता समिति गठन भइसकेको नगर प्रमुख कार्कीले जानकारी दिए ।

उनका अनुसार ७१ वटा योजनाको सम्झौता भएको, १२ वटा योजना कार्य सम्पन्न भएको र नगरबाट १६ वटा योजना ठेक्का प्रक्रियाबाट सञ्चालन हुने गरी सम्झौता भएको नगर प्रमुख कार्कीले बताए ।

अन्य सम्झौता हुन बाँकी १९१ वटा योजना समयमा नै सम्पन्न गर्नका लागि नगर प्रमुखले सम्बन्धित वडा तथा शाखाहरुलाई निर्देशन दिएको बताए । तथ्यांकअनुसार पूर्वाधार विकासको गतिसमेत सुस्त देखिएको छ ।

नगर प्रमुख कार्कीले २०७६ सालदेखि अवरुद्ध भएका नगर भित्रका विभिन्न योजनाहरु (बाङ्गे–कालाबन्जर विशाल चोक हुँदै धरान जोड्ने सडक र बाङ्गे– नडाह हुँदै धरान जोड्ने सडक) को निर्माण सुरु गर्नका लागि सम्बन्धित निर्माण व्यवसायी, कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री र सम्बन्धित सरोकारवालालाई स्थलगत अनुगमन गराई योजनाहरु निर्माणको अन्तिम चरणमा रहेको जानकारी दिए ।

Previous Post

जिल्ला प्याब्सन सुनसरीको अध्यक्षतामा थानेश्वोर ढकाल (नेल्सन) सर्वसम्मत चयन

Next Post

चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीको १ करोड ६९ लाख खुद नाफा

Next Post
चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीको १ करोड ६९ लाख खुद नाफा

चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीको १ करोड ६९ लाख खुद नाफा

Recent Posts

  • बराहक्षेत्रबाट अवैध बालुवा उत्खनन गर्दै गरेका ५ ट्याक्टरसहित चालक नियन्त्रणमा बराहक्षेत्र, सुनसरी।
  • नडाहामा जंगली हात्तीको आक्रमणबाट दुई जना घाइते
  • चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीको नाफा करिब २करोड,अध्यक्षमा पुनः सीता भण्डारी पौडेल निर्वाचित
  • प्याब्सन वराहक्षेत्रद्वारा नगर अस्पताललाई २५ हजार रुपैयाँ बराबरको प्रतिक्षालय बेन्च प्रदान
  • वराहक्षेत्रको बोराबाधँ क्षेत्रमा सञ्चालित व्यवसायमा नगरपालिकाको अनुगमन, व्यवसायीलाई पर्यटकमैत्री बन्न निर्देशन

Recent Comments

  1. A WordPress Commenter on Hello world!

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर