• ebarahadarpan
  • Sample Page
Sunday, January 11, 2026
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीको १ करोड ६९ लाख खुद नाफा

बराह दर्पण by बराह दर्पण
January 6, 2025
in स्थानीय समाचार
0
चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीको १ करोड ६९ लाख खुद नाफा
0
SHARES
Share on FacebookShare on Twitter

बराहक्षेत्र नगरपालिका वडा नम्बर २ चतरामा रहेको चतरा सामुदायिक बहुउद्देश्यीय सहकारी संस्थाले आफ्नो २६औँ साधारणसभा सम्पन्न भएको छ।

१८ देखि सुरु गरेको संस्थाको साधारणसभा पहिलो दिन महेन्द्रनगर सेवा केन्द्र र प्रकाशपुर सेवा केन्द्रको एकै ठाउँमा सबै सदस्यीयहरुको उपस्थितिमा बराहाक्षेत्र नगरपालिका ७ चक्रघट्टिमा रहेको सुर्य फेमलि पार्टी प्यालेसमा सम्पन्न भयो र २० गते भरौल सेवा केन्द्रको कालाबन्जारमा रहेको सामुदायिक भवनमा सम्पन्न भयो भने आज पुस २२  गते संस्थाको प्रधान कार्यालय चतराको औलिया मठमा सम्पन्न भएको छ।

कार्यक्रममा सभाका अध्यक्ष सिता भण्डारीले संस्थाको प्रगती विवरण प्रस्तुत गरेकी थिइन भने संस्थामा ५ हजार ९ सय ८६ जना सदस्यीय रहेको र बराहक्षेत्र नगरपालिकाको सबै वडाहरुमा कारोबार गर्दै आएको  छ।
संस्थाले  आर्थिक बर्ष २०८०-२०८१ मा संस्थाको  सेयर पुजी ८ करोड ६५ लाख ३१ हजार ६ सय बचत निक्षेप हिसाब ९९ करोड ४६ लाख १५ हजार ७सय ८६ रुपैया बचत संकलन रहेको छ भने  संस्थाको कुल आम्दानी रु.१९ करोड ५४ लाख ९५ हजार ५ सय ९२ रुपैया  रहेकोमा कुल खर्च १७ करोड ६६ लाख ३३ हजार १ सय ९२ रुपैया खर्च भएको र खुद नाफा १करोड ८८ लाख ६२ हजार ३ सय ९९ रुपैया  संस्थालाई नाफा भएकोमा आयकर पछिको १ करोड ६९ लाख ७६ हजार १ सय ५९ रुपैयाँ सबै कटाएर बचत भएको  अध्यक्ष भण्डारीले बताईन।

लेखा समितिका संयोजक नरकुमार राईले लेखापरीक्षण बारेमा प्रस्तुत गरेका थिए ।
साधारणसभाको अवसरमा संस्थाले विभिन्न बिद्याहरुमा उत्कृष्ट कारोबार गर्ने  सदस्यलाई सम्मान गरेको थियो । दुधको कारोबार गर्ने ३ जनालाई  साथै रेमिट्यान्स, ऋण र बचतको कारोबार गर्ने उत्कृष्ट गर्ने सदस्यलाई सम्मान गरिएको थियो ।

संस्थाकी अध्यक्ष सिता भण्डारीको सभापतित्वमा भएको साधारणसभामा कोशी प्रदेश सभा सदस्य ममता तामाङको  प्रमुख अतिथि रहेको थियो भने विभिन्न संघ संस्थाको प्रतिनिधि साथै  संचालक समिति लगायत सदस्यीयहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रममा संस्थाका उपाध्यक्ष दिपक कार्कीले कार्यक्रम संचालन गरेका थिए ।

Previous Post

बराहक्षेत्र नगरपालिकाको पुरक १५ औं नगरसभा सम्पन्न

Next Post

तेस्रो भरौल भेट्रान गोल्ड कपमा भोजपुर भेट्रान क्लबको शानदार जित, क्वाटर फाइनलमा प्रवेश

Next Post
तेस्रो भरौल भेट्रान गोल्ड कपमा भोजपुर भेट्रान क्लबको शानदार जित, क्वाटर फाइनलमा प्रवेश

तेस्रो भरौल भेट्रान गोल्ड कपमा भोजपुर भेट्रान क्लबको शानदार जित, क्वाटर फाइनलमा प्रवेश

Recent Posts

  • बराहक्षेत्रबाट अवैध बालुवा उत्खनन गर्दै गरेका ५ ट्याक्टरसहित चालक नियन्त्रणमा बराहक्षेत्र, सुनसरी।
  • नडाहामा जंगली हात्तीको आक्रमणबाट दुई जना घाइते
  • चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीको नाफा करिब २करोड,अध्यक्षमा पुनः सीता भण्डारी पौडेल निर्वाचित
  • प्याब्सन वराहक्षेत्रद्वारा नगर अस्पताललाई २५ हजार रुपैयाँ बराबरको प्रतिक्षालय बेन्च प्रदान
  • वराहक्षेत्रको बोराबाधँ क्षेत्रमा सञ्चालित व्यवसायमा नगरपालिकाको अनुगमन, व्यवसायीलाई पर्यटकमैत्री बन्न निर्देशन

Recent Comments

  1. A WordPress Commenter on Hello world!

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर