• ebarahadarpan
  • Sample Page
Sunday, January 11, 2026
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

तेस्रो भरौल भेट्रान गोल्ड कपमा भोजपुर भेट्रान क्लबको शानदार जित, क्वाटर फाइनलमा प्रवेश

बराह दर्पण by बराह दर्पण
January 6, 2025
in खेलकुद
0
तेस्रो भरौल भेट्रान गोल्ड कपमा भोजपुर भेट्रान क्लबको शानदार जित, क्वाटर फाइनलमा प्रवेश
0
SHARES
Share on FacebookShare on Twitter

पुष २२ गतेदेखि कालाबंजर, भरौलमा जारी अन्तराष्ट्रिय आमन्त्रण तेस्रो भरौल भेट्रान गोल्ड कप फुटबल प्रतियोगितामा भोजपुर भेट्रान क्लबले शानदार प्रदर्शन गर्दै क्वाटर फाइनलमा स्थान पक्का गरेको छ।

भोजपुर भेट्रान क्लबले बराह एघार भेट्रान क्लबलाई ४-२ गोल अन्तरले पराजित गर्दै अगाडि बढेको हो। खेलको पहिलो हाफमा भोजपुरले ३-० को अग्रता लिएको थियो। सुरज श्रेष्ठले खेलको ७ औं मिनेटमा पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए। त्यसपछि काजी राईले १६ औं र २७ औं मिनेटमा लगातार दुई गोल गर्दै भोजपुरलाई थप बलियो स्थिति बनाइदिए। दोस्रो हाफमा २६ औं मिनेटमा डेनीम राईले थप गोल गरेपछि भोजपुरको जित सुनिश्चित भयो।

बराह एघार भेट्रान क्लबले दोस्रो हाफमा उत्कृष्ट पुनरागमन प्रयास गर्दै भोला ठकुरीले ३ औं मिनेटमा गोल गरे भने यम बहादुर सुब्बाले ३६ औं मिनेटमा गोल गरे तापनि टोली पराजित हुनबाट जोगिन सकेन।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका भोजपुर भेट्रान क्लबका काजी राईलाई म्यान अफ द म्याच घोषित गरियो। उनले नगद २,१०० रुपैयाँ र मेडल प्राप्त गरे।

कार्यक्रमका प्रमुख अतिथि कपिल आचार्यको उपस्थितिमा खेल सम्पन्न भएको थियो। खेल संयोजन बराहक्षेत्र खेलकुद विकास समितिले गरेको हो।

भोलि पुष २३ गते पहिलो क्वाटर फाइनल खेल हुनेछ। पहिलो खेलमा उर्लाबारी भेट्रान क्लब मोरङ र दुधे भेट्रान क्लब झापाबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा पूर्वेली भेट्रान बिर्तामोड झापा र हाम्रो धरान भेट्रान सुनसरी आमनेसामने हुनेछन्।

स्थानीय दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको प्रतियोगिताले खेलाडीहरूलाई हौसला प्रदान गरेको छ। फुटबलप्रेमीहरूलाई आगामी खेलहरू हेर्नका लागि आयोजकले विशेष आग्रह गरेको छ।

Previous Post

चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीको १ करोड ६९ लाख खुद नाफा

Next Post

एउटा नगरपालिकाको बजेटभन्दा बढीको काठ वन कार्यालयसँग छ तर उपयोग गर्न सकेको छैन

Next Post
एउटा नगरपालिकाको बजेटभन्दा बढीको काठ वन कार्यालयसँग छ तर उपयोग गर्न सकेको छैन

एउटा नगरपालिकाको बजेटभन्दा बढीको काठ वन कार्यालयसँग छ तर उपयोग गर्न सकेको छैन

Recent Posts

  • प्राध्यापक संघ सप्तकोशी बहुमुखी क्याम्पसको सभापतिमा पुनः केशव पुरी निर्वाचित
  • बराहक्षेत्रबाट अवैध बालुवा उत्खनन गर्दै गरेका ५ ट्याक्टरसहित चालक नियन्त्रणमा बराहक्षेत्र, सुनसरी।
  • नडाहामा जंगली हात्तीको आक्रमणबाट दुई जना घाइते
  • चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीको नाफा करिब २करोड,अध्यक्षमा पुनः सीता भण्डारी पौडेल निर्वाचित
  • प्याब्सन वराहक्षेत्रद्वारा नगर अस्पताललाई २५ हजार रुपैयाँ बराबरको प्रतिक्षालय बेन्च प्रदान

Recent Comments

  1. A WordPress Commenter on Hello world!

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर