• ebarahadarpan
  • Sample Page
Sunday, January 11, 2026
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

वराहक्षेत्र मन्दिरमा माघे (मकर सङ्क्रान्ति) मेला साथै मकर स्नान १ गते

बराह दर्पण by बराह दर्पण
January 13, 2025
in मुख्य समाचार, समाचार, स्थानीय समाचार
0
वराहक्षेत्र मन्दिरमा माघे (मकर सङ्क्रान्ति) मेला साथै मकर स्नान १ गते
0
SHARES
Share on FacebookShare on Twitter
  1. सुनसरीको वराहक्षेत्र धाममा माघ एक गते लाग्ने माघे अर्थात मकर सङ्क्रान्ति मेलाको तयारी पुरा भएको छ।
    मेला व्यवस्थापन गर्दै आएको वराहक्षेत्र मन्दिर गुुठि व्यवस्थापन समितिका अध्यक्ष भक्त बहादुर श्रेष्ठका अनुसार मेलाको तयारी पुरा भएको बताए ।

वराहक्षेत्र मन्दिर गुुठि व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले भने हामीले भक्तजन तथा तीर्थयात्रीलाई स्वागत गर्न वराहक्षेत्र धाम तयार रहेको छ’, व्यापार, व्यवस्थापन, सुरक्षा लगायत व्यवस्थापन तयारी रहेको र नेपाल प्रहरी, सशस्त्र प्रहरीले मेलामा सुरक्षा व्यवस्थापन गर्ने उनले बताए ।

पौष मसान्तको रातदेखि माघ १ गते र २ गते लाग्ने मेलाका लागि सरसफाइ र रङरोगन लगाई सकिएको तथा व्यापारीका लागि स्टल र स्नान घाट व्यवस्थापन गर्न कार्य भएको वराहक्षेत्र मन्दिर गुुठि व्यवस्थापन समितिका सचिव संन्तोष भण्डारीले जानकारि दिए ।

माघ एक गते मकर स्नान गर्न तिर्थालु वराहक्षेत्र आउने गर्दछन् । बराह पुराणका अनुसार माघ एक गतेबाट उत्तरायण सुरु हुन्छ र देवताहरू जागृत हुन थाल्छन् । सोही दिन देखि सूर्य मकर राशिमा प्रवेश गर्ने भएकाले यसलाई मकर सङ्क्रान्ति भन्ने गरिन्छ । यस दिन ठुला तीर्थ र तलाउमा गएर स्नान गर्दा पुण्य प्राप्ति हुने धार्मिक विश्वास रहेको छ।

वराहक्षेत्रमा स्नान गर्दा अनन्तकाल सम्म भगवानको धाममा बस्न पाइन भनाइ रहेको वराहक्षेत्रका पण्डित योगेश भण्डारी बताउँछन् । यस दिन वराहक्षेत्र स्थित कोका कौशिकीमा स्नान गरे विगतका गरेको गल्तीबाट मुक्ति भइने मान्यता रहेको छ । शरीरमा भएका लुतो, खटिरा जन्य बस्तु हराएर जानेछन् भने शुद्ध मनले स्नान गरेर वराह भगबानको दर्शन गरे सोचेका कुरा पूरा हुन जनविश्वास र किंमदन्ति समेत रहेको छ । उक्त दिन मेला भर्न मकर स्नान गर्न नेपाल बाहिरबाट पनि त्रितालुहरू आउने गर्दछन् । माघे मेलामा कोका कौशिकीको सङ्गम स्थलमा गएर स्नान गर्ने परम्परा रहेको छ ।

कोकाह-कौशिकीको सङ्गममा स्नान गर्न देश विदेशबाट भक्तजन आउने वराहक्षेत्र मन्दिर गुुठि व्यवस्थापन समितिका उपध्यक्ष राजु घिमिरे बताउँछन् । सनातन कालदेखि स्नान गर्ने पर्वको रूपमा मनाउने माघे मेलाको अवसरमा नदिहरुका सङ्गम स्थलहरूमा धार्मिक मेला लाग्ने गर्दछ । सोही अवसरमा हिन्दु धर्मका प्रमुख चार धाम मध्ये एक मानिएको वराहक्षेत्र धाममा लाग्ने माघे सङ्क्रान्ति मेला संसारमै प्रसिद्ध रहेको उनले बताए ।

मकर स्नानसँगै मेलामा स्थानीय क्षेत्रमा उत्पादित बस्तुसँगै होटेल, प्रसाद, फलफूल, तरुल, बदाम, सुन्तला जस्ता बस्तुहरूको समेत व्यापार बढ्ने छ । माघ संङ्ग्रान्तिका दिन लाग्ने माघेमा मेला तरुल, सुठुनी, बदाम, सुन्तला नागबेली, सुर्यकुण्डका हर्दी, अदुवा जस्ता बस्तुहरू आगन्तुकको रोजाइमा पर्ने गरेको र मेलामा करिब ५० हजार भन्दा बढी तिर्थालु आउने वराहक्षेत्र मन्दिर गुुठि व्यवस्थापन समितिका कोषध्यक्ष रवि कुमार श्रेष्ठ बताउछन् ।

Previous Post

एउटा नगरपालिकाको बजेटभन्दा बढीको काठ वन कार्यालयसँग छ तर उपयोग गर्न सकेको छैन

Next Post

कोशीका पूर्वमुख्यमन्त्री थापामाथि आक्रमण गर्ने तीन जना पक्राउ

Next Post
कोशीका पूर्वमुख्यमन्त्री थापामाथि आक्रमण गर्ने तीन जना पक्राउ

कोशीका पूर्वमुख्यमन्त्री थापामाथि आक्रमण गर्ने तीन जना पक्राउ

Recent Posts

  • बराहक्षेत्रबाट अवैध बालुवा उत्खनन गर्दै गरेका ५ ट्याक्टरसहित चालक नियन्त्रणमा बराहक्षेत्र, सुनसरी।
  • नडाहामा जंगली हात्तीको आक्रमणबाट दुई जना घाइते
  • चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीको नाफा करिब २करोड,अध्यक्षमा पुनः सीता भण्डारी पौडेल निर्वाचित
  • प्याब्सन वराहक्षेत्रद्वारा नगर अस्पताललाई २५ हजार रुपैयाँ बराबरको प्रतिक्षालय बेन्च प्रदान
  • वराहक्षेत्रको बोराबाधँ क्षेत्रमा सञ्चालित व्यवसायमा नगरपालिकाको अनुगमन, व्यवसायीलाई पर्यटकमैत्री बन्न निर्देशन

Recent Comments

  1. A WordPress Commenter on Hello world!

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर