• ebarahadarpan
  • Sample Page
Sunday, January 11, 2026
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

जलदेवि आधारभुत बिद्यालयको २६ औं बार्षिक उत्सब तथाअभिभावक दिवस सम्पन्न

बराह दर्पण by बराह दर्पण
January 23, 2025
in मुख्य समाचार, समाचार, स्थानीय समाचार
0
जलदेवि आधारभुत बिद्यालयको २६ औं बार्षिक उत्सब तथाअभिभावक दिवस सम्पन्न
0
SHARES
Share on FacebookShare on Twitter

जलदेवि आधारभुत बिद्यालयको २६ औं बार्षिक उत्सब तथाअभिभावक दिवस सम्पन्न

सुनसरीको वराहक्षेत्र नगरपालिका वडा नं २ जब्दिमा रहेको जलदेवि आधारभुत बिद्यालयले आफ्नो २६ औं बार्षिक उत्सब तथा अभिभावक दिवस मनाएको छ ।

बिहिवार बिद्यालयले औपचारिक कार्यक्रम आयोजना गरेर बार्षिक उत्सब तथा अभिभावक दिबस मनाएको हो ।

कार्यक्रममा नगर प्रमुख रमेश कार्की प्रमुख आथिथ्यता रहेको थियो । कार्यक्रममा नगरपालिकाका नगर शिक्षा शाखाका प्रमुख उत्तमराज भारती, आदर्श माबिका प्रध्यानाध्यापक लक्ष्मीप्रसाद लिम्बू , कौशीका आधारभुत बिद्यालयका प्रध्यानाध्यापक कासीनाथ वराल , आदर्श माबिका पुर्व प्रध्यानाध्यापक प्रल्लाद भट्टराई , ज्ञानबहादुर पाण्डे , समाजसेवि मनोज पौडेल विशिष्ट अतिथि रहेका थिए । कार्यक्रममा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुर्ब अध्यक्षहरु , समाजेबिहरु , चन्दादाताहरु , अक्षणकोष दाता लगायत अतिथि रहेका थिए ।

कार्यक्रममा विभिन्न खेलकुद तथा अतिरिक्त क्रियाकलापहरुमा बिजेता बिद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो । कार्यक्रममा उत्कृष्ट शिक्षक रुपमा रामकुमारी राई त्यस्तै असल अभिभाबको रुपमा तेजकुमारी बिष्ट र तारा लिम्बु तामाङ्ग लाई सम्मान गरिएको थियो ।

बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष तेजबहादुर कार्कीको सभाध्यक्षतामा आयोजना भएको कार्यक्रममा बिद्यालयका प्रध्यानाध्याकप नरकुमार राईले बिद्यालयको आर्थिक बर्ष २०८०/०८१ को आय/ व्यय तथा भावि योजना समेत प्रस्तुत गरेका थिए ।

कार्यक्रमको सञ्चालन शिक्षिक विष्णुकुमारी राई र सिताराम बस्नेतले गरेका थिए । कार्यक्रममा बिद्यालयले विभिन्न खेलकुद तथा शैक्षिक प्रतियोगिता र गतिविधिमा उत्कृष्ट भएका बिद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो । २०५५ सालमा स्थापना भएको उक्त बिद्यालय वराहक्षेत्र नगरपालिकै कान्छो बिद्यालय हो ।

Previous Post

बराहक्षेत्र मन्दिरमा कोशी कटान, नियन्त्रणका लागि उर्जा मन्त्रीलाई बुझाइयो ध्यानाकर्षण पत्र

Next Post

वराहक्षेत्र नगर अस्पतालको नयाँ भवनको नगर प्रमुख रमेश कार्की द्वारा शिलान्यास

Next Post
वराहक्षेत्र नगर अस्पतालको नयाँ भवनको नगर प्रमुख रमेश कार्की द्वारा शिलान्यास

वराहक्षेत्र नगर अस्पतालको नयाँ भवनको नगर प्रमुख रमेश कार्की द्वारा शिलान्यास

Recent Posts

  • बराहक्षेत्रबाट अवैध बालुवा उत्खनन गर्दै गरेका ५ ट्याक्टरसहित चालक नियन्त्रणमा बराहक्षेत्र, सुनसरी।
  • नडाहामा जंगली हात्तीको आक्रमणबाट दुई जना घाइते
  • चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीको नाफा करिब २करोड,अध्यक्षमा पुनः सीता भण्डारी पौडेल निर्वाचित
  • प्याब्सन वराहक्षेत्रद्वारा नगर अस्पताललाई २५ हजार रुपैयाँ बराबरको प्रतिक्षालय बेन्च प्रदान
  • वराहक्षेत्रको बोराबाधँ क्षेत्रमा सञ्चालित व्यवसायमा नगरपालिकाको अनुगमन, व्यवसायीलाई पर्यटकमैत्री बन्न निर्देशन

Recent Comments

  1. A WordPress Commenter on Hello world!

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर