• ebarahadarpan
  • Sample Page
Sunday, January 11, 2026
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

वराहक्षेत्र नगर अस्पतालको नयाँ भवनको नगर प्रमुख रमेश कार्की द्वारा शिलान्यास

बराह दर्पण by बराह दर्पण
January 27, 2025
in मुख्य समाचार, समाचार, स्थानीय समाचार
0
वराहक्षेत्र नगर अस्पतालको नयाँ भवनको नगर प्रमुख रमेश कार्की द्वारा शिलान्यास
0
SHARES
Share on FacebookShare on Twitter

 वराहक्षेत्र नगरपालिकामा रहेको वराहक्षेत्र नगर अस्पताल परिसरमा सामान्य शल्यक्रिया भवनको शिलान्यास गरिएको छ । उक्त भवनको नगर प्रमुख रमेश कार्कीले सोमवार शिलान्यास गरेका हुन् ।

भवन शिलान्यास कार्यक्रममा उप-प्रमुख नन्दकुमारी सुनुवार, प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल, वडा नं ५ का अध्यक्ष रोहित काफ्ले, वडा नं ७ का अध्यक्ष कपिल आचार्य, अस्पतालको व्यवस्थापन समितिकी सदस्य अनु गुरुङ्ग, इन्जिनियर सुरज खड्का, नगर अस्पतालका निमित्त व्यवस्थापक दिवस विष्ट, निर्माण कम्पनीका सञ्चालकहरू, स्थानिय समाजसेवीहरूको उपस्थिति रहेको थियो ।

सङ्घीय सरकारको ३८ लाख र नगर अस्पतालको आन्तरिक स्रोतबाट गरी ५९ लाख १८ हजार १ सय ३२ रुपैयाँ ४० पैसामा भवन निर्माण सम्पन्न हुने गरी ठेक्का लागेको नगर अस्पतालका निमित्त व्यवस्थापक दिवस विष्टले जानकारी दिए । आगामी असार मसान्तसम्म निर्माण हुने उक्त भवन १ तले, ४ कोठे निर्माण हुनेछ ।

नगरपालिकाद्वारा सञ्चालित उक्त अस्पतालमा सेवाग्राहीहरूको चापलाई मध्यनजर गर्दै भौतिक संरचना निर्माण र जनशक्तिसँगै सेवाहरू बढाउँदै लगिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका नगर प्रमुख रमेश कार्कीले बताए । अस्पतालको प्रशासन र व्यवस्थापन सबल पछि भौतिक संरचना (भवन) र जनशक्ति (चिकित्सक, स्वास्थ्यकर्मी) समेत बढाइएको छ ।

हाल अस्पतालमा दैनिक २ सय ७५ देखि ३ सय २५ को सङ्ख्यामा सेवाग्राहीहरू आउने गरेका छन् । अस्पतालले वर्षको ३६५ दिनै बिहान ७ बजे देखि बेलुकी ७ बजे सम्म चिकित्सकद्वारा ओपिडी सेवा र आकस्मिक सेवा दिँदै आइरहेको छ ।

चौबिसै घण्टा इमरजेन्सी, ल्याब, फार्मेसी, फिजीयोथेरापी सेवा, आँखा उपचार सेवा, हप्ताको दुई दिन सोमबार र बिहीबारका दिन भिडियो एक्स-रे र सबै सरकारी सेवाहरू नियमित र यथावत् रूपमा सञ्चालन भइरहेका छन् ।

२०७९ अगाडिसम्म जर्जर अवस्थामा रहेको अस्पतालले हाल विभिन्न सेवाहरू बढाउने लक्ष्य सहित भौतिक संरचना निर्माण र जनशक्ति थप्ने योजना बनाएको अस्पतालका निमित्त व्यवस्थापक दिवस विष्टको भनाई छ ।

हाल अस्पतालकै आम्दानीबाट फार्मेसी भवन र आधुनिक आकस्मिक कक्ष निर्माण गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका नगर प्रमुख रमेश कार्कीले बताए ।

Previous Post

जलदेवि आधारभुत बिद्यालयको २६ औं बार्षिक उत्सब तथाअभिभावक दिवस सम्पन्न

Next Post

नगर स्तरीय हिज्जे प्रतियोगितामा सिर्द्धार्थ मेमोरियल प्रथम

Next Post
नगर स्तरीय हिज्जे प्रतियोगितामा सिर्द्धार्थ मेमोरियल प्रथम

नगर स्तरीय हिज्जे प्रतियोगितामा सिर्द्धार्थ मेमोरियल प्रथम

Recent Posts

  • बराहक्षेत्रबाट अवैध बालुवा उत्खनन गर्दै गरेका ५ ट्याक्टरसहित चालक नियन्त्रणमा बराहक्षेत्र, सुनसरी।
  • नडाहामा जंगली हात्तीको आक्रमणबाट दुई जना घाइते
  • चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीको नाफा करिब २करोड,अध्यक्षमा पुनः सीता भण्डारी पौडेल निर्वाचित
  • प्याब्सन वराहक्षेत्रद्वारा नगर अस्पताललाई २५ हजार रुपैयाँ बराबरको प्रतिक्षालय बेन्च प्रदान
  • वराहक्षेत्रको बोराबाधँ क्षेत्रमा सञ्चालित व्यवसायमा नगरपालिकाको अनुगमन, व्यवसायीलाई पर्यटकमैत्री बन्न निर्देशन

Recent Comments

  1. A WordPress Commenter on Hello world!

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर