• ebarahadarpan
  • Sample Page
Sunday, January 11, 2026
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

जडेज माविमा ठुलो बिद्यालय’ अन्तर्गत बजेट कार्यान्वयनमा विवाद: प्रधानाध्यापक ले दिए राजीनामा

बराह दर्पण by बराह दर्पण
February 24, 2025
in मुख्य समाचार
0
जडेज माविमा ठुलो बिद्यालय’ अन्तर्गत बजेट कार्यान्वयनमा विवाद: प्रधानाध्यापक ले दिए राजीनामा
0
SHARES
Share on FacebookShare on Twitter

शिक्षा मन्त्रालयअन्तर्गत केन्द्रीय आयोजना कार्यान्वयन इकाइमार्फत ठूला विद्यालय अन्तर्गत कोशी प्रदेशका तीन विद्यालय छनोट मा भएको बराहक्षेत्र-५ स्थित जगन्नाथ डेडराज जनता मावि बजेट कार्यान्वयनको बिवादमा परेको छ ।

गुरु योजना र प्रस्तावित बजेट ३३ करोड ६६ लाख २४ हजार रुपैयाँको लागतमा निर्माण हुने यो विद्यालयमा आर्थिक वर्ष २०८०/८१ का लागि विनियोजित १ करोड रुपैयाँ कार्यान्वयन बजेट मा विवाद देखिएको हो ।
बजेट कार्यान्वयनमा विवाद भएपछि प्रधानाध्यापक हिरामणि पौडेलले राजीनामा दिएका छन् । विद्यालय व्यवस्थापन समितिले निर्माणाधीन संरचनालाई अधुरै छाडेर कक्षा कोठा भवन निर्माणका लागि मूल संरचना बाहिर भवन निर्माण गर्न लागेको प्रअ पौडेलले बताए । उनले शिक्षक, विद्यार्थीवर्गलाई अध्ययन अध्यापनमा असुविधा हुने र उक्त निर्णयमा कायम रहन नैतिक रुपले असमर्थ भएकाले आफूले पदबाट राजीनामा दिएको बताएका छन । साथै उनले सहायक प्रधानाध्यापकलाई निमित्त हुने गरी राजीनामा दिएको कुरा समेत ब्यक्त गरेका छन । तर विद्यालय व्यवस्थापन समितिले हाल सम्म राजीनामा स्वीकृत भने गरिसकेको छैन ।
विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) गरे पनि भवन निर्माणका लागि माटोपरीक्षण नगरिएको क्षेत्र र विद्यालयको मूल संरचना भन्दा टाढा रहेकाले कक्षा कोठा निर्माण हुनु अव्यवहारिक रहेको भन्दै स्थानीयले विरोध जनाएका छन् । विद्यालय हाताभित्र निर्माण हुँदै गरेका भवन अपूरो भएकाले पूर्णता दिनु पर्ने मतसमेत प्रकट भएको छ ।
ठूला विद्यालय (बिग स्कुल) मा छनोट जगन्नाथ डेडराज जनता माध्यमिक विद्यालय (जडेज मावि) ले सङ्घीय सरकारबाट आर्थिक वर्ष २०८०/८१ मा सशर्त अनुदानबाट प्राप्त १ करोड रुपैयाँ रकमको कक्षा कोठा निर्माण गर्ने योजना अघि सारेको छ । तर विद्यालयको मूल कम्पाउण्ड बाहिर गर्ने विषयमा विद्यालय व्यवस्थापन समिति, प्रधानाध्यापक र सर्वदलीय पक्षबीच मतैक्यता हुन नसक्दा बजेट कार्यान्वयन अनिर्णित बनेको विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष पूष्प ढुङ्गानाले जानकारी दिए ।
पूर्व अध्यक्ष ढुङ्गानाले विद्यालय राजनीतिक थलो बन्दै गएको आरोप लगाए । उनले आफ्नै पालामा १५ लाख २० हजार रुपैयाँ खर्चेर विद्यालयको डिपिआर तयार गरे पनि प्राथमिकता नपरेको क्षेत्रमा कक्षा कोठा निर्माण गर्ने कुरा अव्यवहारिक भएको बताए ।
‘माटो परीक्षण विद्यालयको मूल संरचना भएको क्षेत्रमा गरिएको छ, तर व्यवस्थापन समितिले कक्षाकोठा १ किलोमिटर टाढा बनाउने निर्णय गर्न लागेको छ, यो अव्यवहारिक देखिन्छ,’ पूर्व अध्यक्ष ढुङ्गानाले भने,’भविष्यमा प्रशासनिक भवनलगायत निर्माण गर्न सकिने अवस्थालाई मध्यनजर गरेर डिपिआर गरिएको क्षेत्र भए पनि माटो परीक्षणसमेत नगरेको क्षेत्रमा कक्षा कोठा भवन निर्माण गर्नु वान्छनीय देखिंदैन ।’
हाल कक्षाकोठा निर्माण गर्न व्यवस्थापन समितिले एकलौटी निर्णय गरेको आरोप खेप्दै आएको छ । ‘विद्यालय हाताभित्र भवन निर्माणका लागि पर्याप्त जग्गा रहेको छ । एउटा मात्र भवन लान सम्भव हुँदैन । कि एउटा फ्याकल्टी नै लानु पर्यो ।’ विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष ढुङ्गानाले भने ।
गत फागुन १ गते बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले विनियोजित १ करोड रुपैयाँबाट पोखरी टोलस्थित खेलमैदानमा भवन निर्माण गर्ने निर्णय गरेको बराहक्षेत्र-५ का वडाध्यक्ष रोहित काफ्लेले बताए । वडाध्यक्ष काफ्लेका अनुसार भवन ४ तले हुने र माथिल्लो तलामा ट्रस्ट लगाइने छ ।
विद्यालय व्यवस्थापन समितिले निर्णय गरी कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयमा पुर्याएको तर प्रधानाध्यापकले विद्यालयको मूल संरचना भएकै क्षेत्रमा निर्माण गर्न उपयुक्त हुने राय राखेपछि मन्त्रालयले व्यवस्थापन समितिलाई स्पष्टीकरण-पत्र पठाएपछि विवाद उत्पन्न भएको वडाध्यक्ष काफ्लेले बताए ।
मन्त्रालयबाट पत्र आएपछि आज निमित्त प्रअले सर्वदलीय बैठक डाकेका हुन् ।
‘सर्वदलीय बैठक एक मत हुन सकेन’
विवाद समाधानका लागि आज बुधबार बसेको सर्वदलीय बैठकमा दलका प्रतिनिधिले दिएको सुझावसमेतमा मतैक्यकता देखिएको छैन ।
कक्षा कोठा निर्माणमा कुरा नमिलेपछि डाकिएको स्थानीय सर्वदलीय बैठक बिना निष्कर्ष टुङ्गिएको छ । राजनीतिक दलका नेतृत्वसमेत दुई ध्रुवमा विभाजित हुँदा विद्यालय व्यवस्थापन समितिको बैठक बसेर निर्क्यौल निकालिने भएको छ ।
नेकपा एमालेका बराहक्षेत्र सचिव देवेन्द्र विष्टले निर्माणाधीन भवन सम्पन्न गर्नु पहिलो प्राथमिकता रहेकाले पहिले विद्यालय हाताभित्रै भवन निर्माण गर्ने र बाकी संरचनाको विकेन्द्रीकरण गर्नु उपयुक्त रहेको सुझाव दिएको बताए ।
नेकपा एकीकृत समाजवादी पार्टीका प्रतिनिधि लक्ष्मण चौधरीले भविष्यलाई हेरेर भवन निर्माण गर्न सुझाव दिएको बताए । हाल विद्यालय रहेको क्षेत्र व्यस्त बजारमा रहेकाले आगामी दिनमा बन्ने संरचना हालको स्थानबाट टाढा रहनुपर्ने सुझाव राखेको बताए ।
वडाध्यक्ष रोहित काफ्लेले विद्यालयमा निर्माण हुने बाँकी संरचना व्यस्त बजारभन्दा टाढा विद्यालयको जग्गामै लाँदा उपयुक्त हुने बताए । ‘मुख्य सडकको केन्द्रबाट ११५ मिटर जग्गा खाली गर्नु पर्ने हुन्छ, त्यसो गर्दा सडकको नक्साङ्कन विद्यालय भित्र प्रवेश गर्छ,’ वडाध्यक्ष काफ्लेले भने, ‘पुनः नयाँ संरचना पनि थप्दा विद्यालय झनै अस्तव्यस्त हुन्छ । तसर्थ विद्यालयका लागि निर्माण हुने संरचना विद्यालयकै जग्गा रहेको खेलमैदानमा लान आवश्यक छ ।’
वडाध्यक्ष काफ्लेले बाली विज्ञान विषयको पढाइ पोखरी टोल खेलमैदानमा सार्दा छरितो र उपयुक्त हुने बताए । विद्यार्थीलाई प्रयोगात्मक कक्षाका लागि पर्याप्त स्थानसमेत हुने उनको भनाइ छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुष्कल पराजुलीले कुनै पनि विवाद उत्पन्न नभएको बताए । सरकारबाट प्राप्त बजेट विद्यालयकै हाताभित्र बनाउन उपयुक्त हुने कि नहुने भन्ने विषयमा सुझाव सङ्कलन गरेको अध्यक्ष पराजुलीको भनाइ छ । उनले मुख्य राजमार्ग छेऊमा थप संरचना बनाउन हुने वा नहुने विषयमा सर्वदलीय राय लिएको बताए ।
जडेज माविमा बिग स्कुल योजनाअन्तर्गत क्रमागत बजेट विनियोजन हुँदै आएको छ । समायावधिभित्र प्रदेश सरकार मार्फत सम्झौता नगरे बजेट फर्कन सक्छ । नमूना विद्यालय विकासका लागि नगर सरकारबाट १० प्रतिशत, प्रदेश सरकारबाट २० प्रतिशत र सङ्घीय सरकारबाट ७० प्रतिशत बजेट विनियोजन हुनु पर्ने प्रावधान छ । तर स्थानीय सरकारले भने बजेट विनियोजन गर्न सकेको छैन ।
जडेज माविमा बाली विज्ञानको अध्ययन अध्यापनमा विशेष आकर्षण रहिआएको छ । ८० विद्यार्थीको कोटा रहेको यो विषय अध्ययन गर्न सिराहा, सप्तरी, उदयपुर, भोजपुर, सङ्खुवासभा, ताप्लेजुङलगायत सुनसरी, मोरङ, झापाका विद्यार्थी अध्ययन गर्दै आएका छन् । विद्यालयको मुख्य भवन ३ बिघा ५ कट्ठाको क्षेत्रफलमा रहेको छ । पोखरी टोल खेल मैदानमा ५ बिघा, पिडारीमा ५ बिघालगायत पुलाहा थलाहा गरी विद्यालयको जग्गा जम्मा २२ बिघा रहेको छ ।

Previous Post

जिल्ला स्तरीय लोकनृत्य प्रतियोगितामा माबी तर्फ हिमशिखर र +२ तर्फ बिजयपुर स्कुल प्रथम

Next Post

मकालु इङ्लिस बोर्डिङको २४ औं वार्षिकोत्सवमा पत्रकार शिक्षक र जेष्ठ नागरिक सहित विभिन्न व्यक्तित्व सम्मानित

Next Post
मकालु इङ्लिस बोर्डिङको २४ औं वार्षिकोत्सवमा पत्रकार शिक्षक र जेष्ठ नागरिक सहित विभिन्न व्यक्तित्व सम्मानित

मकालु इङ्लिस बोर्डिङको २४ औं वार्षिकोत्सवमा पत्रकार शिक्षक र जेष्ठ नागरिक सहित विभिन्न व्यक्तित्व सम्मानित

Recent Posts

  • प्राध्यापक संघ सप्तकोशी बहुमुखी क्याम्पसको सभापतिमा पुनः केशव पुरी निर्वाचित
  • बराहक्षेत्रबाट अवैध बालुवा उत्खनन गर्दै गरेका ५ ट्याक्टरसहित चालक नियन्त्रणमा बराहक्षेत्र, सुनसरी।
  • नडाहामा जंगली हात्तीको आक्रमणबाट दुई जना घाइते
  • चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीको नाफा करिब २करोड,अध्यक्षमा पुनः सीता भण्डारी पौडेल निर्वाचित
  • प्याब्सन वराहक्षेत्रद्वारा नगर अस्पताललाई २५ हजार रुपैयाँ बराबरको प्रतिक्षालय बेन्च प्रदान

Recent Comments

  1. A WordPress Commenter on Hello world!

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर