• ebarahadarpan
  • Sample Page
Sunday, January 11, 2026
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

मकालु इङ्लिस बोर्डिङको २४ औं वार्षिकोत्सवमा पत्रकार शिक्षक र जेष्ठ नागरिक सहित विभिन्न व्यक्तित्व सम्मानित

बराह दर्पण by बराह दर्पण
March 1, 2025
in समाचार
0
मकालु इङ्लिस बोर्डिङको २४ औं वार्षिकोत्सवमा पत्रकार शिक्षक र जेष्ठ नागरिक सहित विभिन्न व्यक्तित्व सम्मानित
0
SHARES
Share on FacebookShare on Twitter

इटहरी वडा नं. ५ मा सञ्चालित मकालु इङ्लिस बोर्डिङ स्कुलले शनिबार आफ्नो २४औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ।

कार्यक्रममा पत्रकार शिक्षक र जेष्ठ नागरिक सहित विभिन्न क्षेत्रका व्यक्तित्वलाई सम्मान गरेको छ ।

कार्यक्रममा पत्रकारिता क्षेत्रमा अमर  खड्कासहित पूर्व विद्यार्थीबाट डाक्टर उज्जवल पौडेल र इन्जिनियर सुभाष आचार्यलाई सम्मान गरेको हो । यसैगरी विद्यालयका सहायक प्रिन्सिपल मणी पौडेल र शिक्षिका सानु शेर्पालाई सम्मान गरिएको हो ।

कार्यक्रममा ७० वर्ष पार गरेका जेष्ठ नागरिक रत्नमाया कार्की, हीरालाल दर्जी, दिलमाया कार्की, पदमबहादुर विष्ट, रत्नमाया ढकाल, रुकमणी दुलाल, हरिमाया अधिकारी, गणेश गिरी लगायततलाई सम्मान गरिएको छ ।

विद्यालयमा अध्ययन विद्यार्थीका अभिभावक मध्येबाटै जेष्ठ नागरिकलाई सम्मान गरिएको हो।

सम्मानित सवैलाई कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी र इटहरी उपप्रमुख संगीता चौधरीले दोसल्ला र सम्मानपत्र प्रदान गरी सम्मान गरे ।

कार्यक्रममा भण्डारीले निजी शिक्षालयले शिक्षामा योगदान नगर्ने हो भने सरकारी बजेटले धान्न नसक्ने बताए । उनले राज्यलाई निजी शिक्षालयले आर्थिक हिसावले पनि योगदान गरेको बताए ।

अहिलेको संविधानमा माध्यमिक तहसम्मको शिक्षाको जिम्मा स्थानीय तहलाई भएतापनि स्थानीय तहका प्रमुखको व्यवहारले गर्दा अहिले त्यो गलत सावित हुँदै गएको बताए ।

‘संविधान बनाउँदा माध्यमिक तहसम्मको जिम्मा स्थानीय तहलाई दिँदा पालिकाले शिक्षामा उचित सहयोग गर्ला भनेर सोचिएको थियो । तर, अहिले प्रदेश वा संघले लिनुपर्ने आवाज उठीरहेको छ,’ उनले भने, ‘अब संविधान संसोधन नगरिकन त्यो सम्भव छैन् ।’
भण्डारीले संघले शिक्षा ऐन पारित गरेपछि कोशी प्रदेश सरकारले पनि नयाँ शिक्षा नीति तयार गर्ने पर्यत्न भइरहेको जानकारी दिए ।

‘शिक्षा क्षेत्रमा प्रदेशको अधिकार छैन, यद्यपी अहिले पनि कोशी प्रदेश सरकारले केही न केही सहयोग गरि नै रहेको छ,’ उनले भने ।

कार्यक्रम मकालु स्कुलका सञ्चालक एवम् प्रन्सिपल थानेश्वर (नेशनल) ढकालको अध्यक्षतामा भएको थियो ।

Previous Post

जडेज माविमा ठुलो बिद्यालय’ अन्तर्गत बजेट कार्यान्वयनमा विवाद: प्रधानाध्यापक ले दिए राजीनामा

Next Post

वराहक्षेत्रको सप्तकोशी क्याम्पसमा नेबिसंघका बिज्ञान लिम्बुको प्यानल बिजयी

Next Post
वराहक्षेत्रको सप्तकोशी क्याम्पसमा नेबिसंघका बिज्ञान लिम्बुको प्यानल बिजयी

वराहक्षेत्रको सप्तकोशी क्याम्पसमा नेबिसंघका बिज्ञान लिम्बुको प्यानल बिजयी

Recent Posts

  • प्राध्यापक संघ सप्तकोशी बहुमुखी क्याम्पसको सभापतिमा पुनः केशव पुरी निर्वाचित
  • बराहक्षेत्रबाट अवैध बालुवा उत्खनन गर्दै गरेका ५ ट्याक्टरसहित चालक नियन्त्रणमा बराहक्षेत्र, सुनसरी।
  • नडाहामा जंगली हात्तीको आक्रमणबाट दुई जना घाइते
  • चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीको नाफा करिब २करोड,अध्यक्षमा पुनः सीता भण्डारी पौडेल निर्वाचित
  • प्याब्सन वराहक्षेत्रद्वारा नगर अस्पताललाई २५ हजार रुपैयाँ बराबरको प्रतिक्षालय बेन्च प्रदान

Recent Comments

  1. A WordPress Commenter on Hello world!

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर