• ebarahadarpan
  • Sample Page
Sunday, January 11, 2026
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

वराहक्षेत्र नगर अस्पतालमा, दैनिक आँखा उपचार सेवाको पूर्वमन्त्री कार्कीद्वारा उद्घाटन

बराह दर्पण by बराह दर्पण
April 9, 2025
in मुख्य समाचार, समाचार, स्थानीय समाचार
0
वराहक्षेत्र नगर अस्पतालमा, दैनिक आँखा उपचार सेवाको पूर्वमन्त्री कार्कीद्वारा उद्घाटन
0
SHARES
Share on FacebookShare on Twitter

वराहक्षेत्र : वराहक्षेत्र नगरपालिकामा रहेको वराहक्षेत्र नगर अस्पतालले आँखा उपचार केन्द्र सुरु गरेको छ ।

उक्त सेवाको बुधवार प्रमुख अतिथि पूर्वमन्त्री तथा प्रतिनिधि सभा सदस्य माननीय ज्ञानेन्द्र बहादुर कार्कीले उद्घाटन गरेका छन् ।

तिलगङ्गा आँखा प्रतिष्ठान काठमाडौँको व्यवस्था सञ्चालित रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानसँगको सहकार्यमा उक्त आँखा उपचार केन्द्र सञ्चालनमा आएको हो ।

नगर प्रमुख एवं नगर अस्पताल व्यवस्थापन समितिकाका अध्यक्ष रमेश कार्कीको सभाध्यक्षतामा उक्त उद्घाटन कार्यक्रम आयोजना भएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति सुनसरीका सभापति राजन मेहता, नगर उपप्रमुख तथा नगर अस्पताल व्यवस्थापन समितिका उपाध्यक्ष नन्दकुमारी सुनुवार, प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल, रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानका उपाध्यक्ष विजयहरि शर्मा, वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, राजनैतिक दलका प्रतिनिधिहरू, नगर अस्पताल व्यवस्थापन समितिकाका सदस्य तथा सल्लाहकारहरू, रामलाल गोल्छा आँखा अस्पताल प्रतिष्ठानका पदाधिकारी र चिकित्सक तथा विभिन्न सङ्घ संस्थाका प्रतिनिधिहरूको उपस्थित रहेको थियो ।

नगरपालिकाद्वारा सञ्चालित उक्त अस्पतालमा सेवाग्राहीहरूको माग र आवश्यकतालाई मध्यनजर गरेर आँखाको उपचार सेवा बिस्तार गरिएको नगर प्रमुख तथा नगर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष रमेश कार्कीले बताए ।

भौतिक संरचना निर्माण र जनशक्तिसँगै सेवाहरू बढाउँदै लगिएको नगर प्रमुख कार्कीको भनाई छ । अस्पतालको प्रशासन र व्यवस्थापन सबल पछि भौतिक संरचना (भवन) र जनशक्ति ( चिकित्सक, स्वास्थ्यकर्मी ) समेत बढाइएको छ ।

हाल अस्पतालमा दैनिक २ सय ७५ देखि ३ सय २५ को सङ्ख्यामा सेवाग्राहीहरू आउने गरेका छन् । हाल अस्पतालले वर्षको ३६५ दिनै बिहान ७ बजे देखि बेलुकी ७ बजे सम्म चिकित्सकद्वारा ओपिडी सेवा र आकस्मिक सेवा दिँदै आइरहेको छ ।

२४सै घण्टा इमरजेन्सी, ल्याब, फार्मेसी, भिडियो एक्स-रे, फिजीयोथेरापी सेवा, आँखा उपचार सेवा, हप्ताको दुई दिन सोमबार र बिहीबारका दिन भिडियो एक्स-रे र सबै सरकारी नियमित सेवाहरू यथावत् रूपमा सञ्चालन भई राखेको र हाल विभिन्न सेवाहरू बढाउने लक्ष्य सहित भौतिक संरचना निर्माण र जनशक्ति थप्ने योजना बनाएको अस्पतालका निमित्त व्यवस्थापक दिवस विष्टले बताए ।

हाल अस्पतालकै आम्दानीबाट फार्मेसी भवन र आधुनिक आकस्मिक कक्ष निर्माण भएको त्यस्तै सामान्य शल्यक्रियाका लागि भवन पनि निर्माणाधीन रहेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका नगर प्रमुख रमेश कार्कीले बताए ।

Previous Post

नडाहामा मोटरसाइकल दुर्घटना हुँदा गिरिको मृत्यु

Next Post

बराहक्षेत्रमा मानसिक समस्या भएकी महिला कोशी नदीबाट सकुशल उद्धार

Next Post
बराहक्षेत्रमा मानसिक समस्या भएकी महिला कोशी नदीबाट सकुशल उद्धार

बराहक्षेत्रमा मानसिक समस्या भएकी महिला कोशी नदीबाट सकुशल उद्धार

Recent Posts

  • बराहक्षेत्रबाट अवैध बालुवा उत्खनन गर्दै गरेका ५ ट्याक्टरसहित चालक नियन्त्रणमा बराहक्षेत्र, सुनसरी।
  • नडाहामा जंगली हात्तीको आक्रमणबाट दुई जना घाइते
  • चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीको नाफा करिब २करोड,अध्यक्षमा पुनः सीता भण्डारी पौडेल निर्वाचित
  • प्याब्सन वराहक्षेत्रद्वारा नगर अस्पताललाई २५ हजार रुपैयाँ बराबरको प्रतिक्षालय बेन्च प्रदान
  • वराहक्षेत्रको बोराबाधँ क्षेत्रमा सञ्चालित व्यवसायमा नगरपालिकाको अनुगमन, व्यवसायीलाई पर्यटकमैत्री बन्न निर्देशन

Recent Comments

  1. A WordPress Commenter on Hello world!

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर