• ebarahadarpan
  • Sample Page
Sunday, January 11, 2026
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

कोशी प्रदेश डजबल संघको तदर्थ समिति गठन, संयोजकमा थानेश्वर ढकाल

कोशी प्रदेश डजबल संघको तदर्थ समिति गठन, संयोजकमा थानेश्वर ढकाल

बराह दर्पण by बराह दर्पण
May 28, 2025
in खेलकुद, मुख्य समाचार, समाचार
0
कोशी प्रदेश डजबल संघको तदर्थ समिति गठन, संयोजकमा थानेश्वर ढकाल
0
SHARES
Share on FacebookShare on Twitter

कोशी प्रदेश डजबल संघको तदर्थ समिति गठन, संयोजकमा थानेश्वर ढकाल

विराटनगर – कोशी प्रदेशमा डजबल खेलको प्रवर्द्धन, संगठनात्मक विस्तार तथा संस्थागत विकासलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित १३ सदस्यीय कोशी प्रदेश डजबल संघको तदर्थ समिति गठन गरिएको छ।

सुनसरी प्याब्सनका अध्यक्ष तथा इटहरीस्थित मकालु इङ्लिस बोर्डिङ स्कुलका प्रिन्सिपल थानेश्वर ढकालको संयोजकत्वमा गठन गरिएको समितिमा जनार्दन मैनाली र काजी बहादुर कार्की उपाध्यक्ष, गोपाल निरौला सचिव, प्रकाश श्रेष्ठ कोषाध्यक्ष तथा खगेन्द्र पोखरेल, छिरिङ भोटे, खिलकुमार सुवेदी, प्रेम सुब्बा, भवानीप्रसाद पाठक, विवश प्रधान, रमीला नेपाली र केबलमणि रिजाल सदस्यका रूपमा चयन भएका छन्।

संयोजक ढकालका अनुसार समितिले विद्यालय, जिल्ला र प्रदेश स्तरसम्म डजबल खेलको संरचना विस्तार गर्दै यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी बनाउने उद्देश्य लिएको छ। खेलकुदको माध्यमबाट विद्यार्थीको सर्वाङ्गीण विकास र समावेशी सहभागितालाई प्राथमिकता दिने लक्ष्य पनि समितिले लिएको छ।

तदर्थ समितिलाई आगामी तीन महिनाभित्र अधिवेशन सम्पन्न गरी पूर्ण कार्यसमिति निर्माण गर्ने जिम्मेवारी दिइएको छ।

Previous Post

महेन्द्रनगर इलाका प्रहरी कार्यालयमा “TEA WITH TEAM” कार्यक्रम सम्पन्न

Next Post

बराहक्षेत्रमा लागू औषधसहित दुई युवा नियन्त्रणमा

Next Post
बराहक्षेत्रमा लागू औषधसहित दुई युवा नियन्त्रणमा

बराहक्षेत्रमा लागू औषधसहित दुई युवा नियन्त्रणमा

Recent Posts

  • बराहक्षेत्रबाट अवैध बालुवा उत्खनन गर्दै गरेका ५ ट्याक्टरसहित चालक नियन्त्रणमा बराहक्षेत्र, सुनसरी।
  • नडाहामा जंगली हात्तीको आक्रमणबाट दुई जना घाइते
  • चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीको नाफा करिब २करोड,अध्यक्षमा पुनः सीता भण्डारी पौडेल निर्वाचित
  • प्याब्सन वराहक्षेत्रद्वारा नगर अस्पताललाई २५ हजार रुपैयाँ बराबरको प्रतिक्षालय बेन्च प्रदान
  • वराहक्षेत्रको बोराबाधँ क्षेत्रमा सञ्चालित व्यवसायमा नगरपालिकाको अनुगमन, व्यवसायीलाई पर्यटकमैत्री बन्न निर्देशन

Recent Comments

  1. A WordPress Commenter on Hello world!

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर