• ebarahadarpan
  • Sample Page
Sunday, January 11, 2026
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

बराहक्षेत्रमा लागू औषधसहित दुई युवा नियन्त्रणमा

बराह दर्पण by बराह दर्पण
May 29, 2025
in मुख्य समाचार, समाचार
0
बराहक्षेत्रमा लागू औषधसहित दुई युवा नियन्त्रणमा
0
SHARES
Share on FacebookShare on Twitter

बराहक्षेत्रमा लागू औषधसहित दुई युवा नियन्त्रणमा

सुनसरी, २०८२ जेठ १४ – सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित कालाबन्जार पेट्रोलपम्प नजिकै प्रहरीले प्रतिबन्धित लागू औषधसहित दुई युवालाई नियन्त्रणमा लिएको छ।

बुधबार साँझ ५:३० बजे  प्रहरी चौकी भरौलबाट प्रहरी सहायक निरीक्षक डम्बर गौतमको नेतृत्वमा र ट्राफिक पोस्ट नडाहाबाट प्रहरी सहायक हवल्दार टंकराज गिरीसहित खटिएको संयुक्त चेकजाँच टोलीले को २ ह ३२०२ नम्बरको यात्रुवाहक अटो रोकी चेकजाँच गर्दा उक्त लागू औषध फेला परेको हो।

अटोमा सवार व्यक्तिहरू भाग्न खोजेपछि तत्काल नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिहरूमा जिल्ला भोजपुर, हतुवागढी गाउँपालिका–१, फलाटे निवासी १८ वर्षीय हेमराज सुवेदी र सुनसरी बराहक्षेत्र नगरपालिका–२ निवासी २० वर्षीय अनुज बस्नेत रहेका छन्।

प्रहरीका अनुसार हेमराज सुवेदीले बोकेको सानो साइड ब्यागबाट निम्न सामग्रीहरू बरामद गरिएको छ:

ट्रामाडोल हाइड्रोक्लोराइड (Tramadol Hydrochloride) क्याप्सुल: १७ पत्ता बन्द (१७० पिस) र ५ पिस खुल्ला गरी जम्मा १७५ पिस

एन्टी–कफ (Anti-Kof) ट्याब्लेट: १६ पत्ता बन्द (१६० पिस) र ५ पिस खुल्ला गरी जम्मा १६५ पिस

उक्त लागू औषधहरू बिना चिकित्सकको सिफारिस बिक्री, वितरण तथा उपभोग गर्न कानुनी रूपमा निषेधित रहेको छ। दुबै युवकलाई नियन्त्रणमा लिएर लागू औषध सम्बन्धी मुद्दामा अनुसन्धान अगाडि बढाइएको प्रहरी चौकी भरौलले जानकारी दिएको छ।

Previous Post

कोशी प्रदेश डजबल संघको तदर्थ समिति गठन, संयोजकमा थानेश्वर ढकाल

Next Post

नेपाल प्रेस युनियन सुनसरीद्वारा नगर अस्पतालमा बिरामीलाई फलफूल वितरण

Next Post
नेपाल प्रेस युनियन सुनसरीद्वारा नगर अस्पतालमा बिरामीलाई फलफूल वितरण

नेपाल प्रेस युनियन सुनसरीद्वारा नगर अस्पतालमा बिरामीलाई फलफूल वितरण

Recent Posts

  • बराहक्षेत्रबाट अवैध बालुवा उत्खनन गर्दै गरेका ५ ट्याक्टरसहित चालक नियन्त्रणमा बराहक्षेत्र, सुनसरी।
  • नडाहामा जंगली हात्तीको आक्रमणबाट दुई जना घाइते
  • चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीको नाफा करिब २करोड,अध्यक्षमा पुनः सीता भण्डारी पौडेल निर्वाचित
  • प्याब्सन वराहक्षेत्रद्वारा नगर अस्पताललाई २५ हजार रुपैयाँ बराबरको प्रतिक्षालय बेन्च प्रदान
  • वराहक्षेत्रको बोराबाधँ क्षेत्रमा सञ्चालित व्यवसायमा नगरपालिकाको अनुगमन, व्यवसायीलाई पर्यटकमैत्री बन्न निर्देशन

Recent Comments

  1. A WordPress Commenter on Hello world!

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर