• ebarahadarpan
  • Sample Page
Sunday, January 11, 2026
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

बराहक्षेत्र–५ मा निर्माणाधीन ‘जीवन विज्ञान प्रयोगशाला’ बजेट अभावमा रोकियो, सहयोगको अपिल

बराह दर्पण by बराह दर्पण
June 3, 2025
in मुख्य समाचार, समाचार
0
बराहक्षेत्र–५ मा निर्माणाधीन ‘जीवन विज्ञान प्रयोगशाला’ बजेट अभावमा रोकियो, सहयोगको अपिल
0
SHARES
Share on FacebookShare on Twitter

बराहक्षेत्र–५ मा निर्माणाधीन ‘जीवन विज्ञान प्रयोगशाला’ बजेट अभावमा रोकियो, सहयोगको अपिल

बराहक्षेत्र (सुनसरी), २०८२ जेठ २०गते
बराहक्षेत्र नगरपालिका वडा नम्बर ५, कालाबन्जारस्थित पोखरी टोलमा निर्माणाधीन ‘जीवन विज्ञान प्रयोगशाला’को भवन आर्थिक अभावका कारण हाल अस्थायी रूपमा रोकिएको छ। निर्माण समिति र स्थानीय जनसमुदायले सो परियोजना पूरा गर्न सहयोगको लागि सार्वजनिक अपिल गरेका छन्।

५ लाख बजेटबाट सुरु, तर रकम अपुग

यस योजनाको प्रारम्भिक चरणमा बराहक्षेत्र नगरपालिका वडा नम्बर ५ बाट रु ५ लाख बजेट विनियोजन गरिएको थियो। सोही रकमबाट निर्माण सुरु गरिएको भए पनि हाल भवनको ढलानपछि काम अघि बढाउन आर्थिक अभाव भएको निर्माण समिति अध्यक्ष पुष्पबहादुर बस्नेतले जानकारी दिए।

समाजसेवीको निःशुल्क जग्गा दान

प्रयोगशालाको लागि आवश्यक १२ धुर जग्गा स्थानीय १०० वर्षीय समाजसेवी दत्तराम घिमिरेले पूर्णरूपमा निःशुल्क प्रदान गरेका छन्।
“जग्गा त मिल्यो, अब थोरै हातेमालो पायौं भने यो पवित्र उद्देश्य साकार हुन्छ,” अध्यक्ष बस्नेतले भने।

जीवन रूपान्तरणमा केन्द्रित प्रयोगशाला

‘जीवन विज्ञान प्रयोगशाला’ एक अत्याधुनिक आध्यात्मिक र जीवन व्यवस्थापन सिकाइ केन्द्रका रूपमा स्थापना हुँदैछ। यहाँ योग, ध्यान, साधना, आन्तरिक रूपान्तरण र जीवनदर्शन सम्बन्धी गहन कार्यक्रमहरू सञ्चालन गरिने लक्ष्य राखिएको छ।

सबैलाई सहयोगको आग्रह

स्थानीय समुदाय, संघसंस्थाहरू, व्यवसायी तथा दातृ मन भएका सम्पूर्ण महानुभावलाई भवन निर्माणमा आर्थिक सहयोग गर्न आग्रह गरिएको छ।
सहयोग गर्न इच्छुक महानुभावहरूका लागि सम्पर्क नं.: ९८१७३३१९१५ (पुष्पबहादुर बस्नेत)

Previous Post

मनिशा ओख्राबु लिम्बु स्मृति फण्ड” घोषणा, जटिल रोगीलाई मासिक सहयोग वितरण

Next Post

बेलका नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामग्री वितरण

Next Post
बेलका नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामग्री वितरण

बेलका नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामग्री वितरण

Recent Posts

  • बराहक्षेत्रबाट अवैध बालुवा उत्खनन गर्दै गरेका ५ ट्याक्टरसहित चालक नियन्त्रणमा बराहक्षेत्र, सुनसरी।
  • नडाहामा जंगली हात्तीको आक्रमणबाट दुई जना घाइते
  • चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीको नाफा करिब २करोड,अध्यक्षमा पुनः सीता भण्डारी पौडेल निर्वाचित
  • प्याब्सन वराहक्षेत्रद्वारा नगर अस्पताललाई २५ हजार रुपैयाँ बराबरको प्रतिक्षालय बेन्च प्रदान
  • वराहक्षेत्रको बोराबाधँ क्षेत्रमा सञ्चालित व्यवसायमा नगरपालिकाको अनुगमन, व्यवसायीलाई पर्यटकमैत्री बन्न निर्देशन

Recent Comments

  1. A WordPress Commenter on Hello world!

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर