• ebarahadarpan
  • Sample Page
Sunday, January 11, 2026
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

बेलका नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामग्री वितरण

बराह दर्पण by बराह दर्पण
June 3, 2025
in मुख्य समाचार, समाचार
0
बेलका नगरपालिकामा अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामग्री वितरण
0
SHARES
Share on FacebookShare on Twitter

बेलका, उदयपुर – आर्थिक वर्ष २०८१/०८२ मा विनियोजित कार्यक्रम अन्तर्गत, करुणा फाउन्डेसन नेपाल, सामाजिक विकास मन्त्रालय विराटनगर र बेलका नगरपालिकाको त्रिपक्षीय लागत साझेदारीमा २२ जना अपाङ्गता भएका व्यक्तिहरुलाई सहायक सामग्री वितरण गरिएको छ।

उक्त कार्यक्रम बेलका नगरपालिकाका नगरप्रमुख अशोक कार्कीको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा नगर उप–प्रमुख जिरा राई, वडा नं. १ का वडा अध्यक्ष दिनेश्वर प्रसाद चौधरी, ५ का वडा अध्यक्ष दिपकराज रेग्मी र कार्यपालिका सदस्य राजेन्द्र परियारको उपस्थिति रहेको थियो।

कार्यक्रम अन्तर्गत विभिन्न अपाङ्गता भएका नागरिकहरूलाई ह्विलचेयर, क्रच, ट्राइसाइकललगायतका सहायक सामग्री प्रदान गरिएको हो। सहभागी वक्ताहरूले कार्यक्रमले अपाङ्गता भएका व्यक्तिहरुको जीवनयापनमा सहजता ल्याउने र उनीहरूलाई आत्मनिर्भर बनाउने दिशामा सकारात्मक योगदान पुर्‍याउने अपेक्षा व्यक्त गरे।

करुणा फाउन्डेसन नेपालले अपाङ्गता भएका समुदायको सशक्तीकरण तथा समावेशी विकासका लागि निरन्तर क्रियाशील भूमिका खेल्दै आएको छ भने बेलका नगरपालिकाले यस किसिमका सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको जनाइएको छ।

Previous Post

बराहक्षेत्र–५ मा निर्माणाधीन ‘जीवन विज्ञान प्रयोगशाला’ बजेट अभावमा रोकियो, सहयोगको अपिल

Next Post

वराहक्षेत्र नगर अस्पतालमा निःशुल्क मोतियाबिन्दु शल्यक्रिया सेवा सुरु

Next Post
वराहक्षेत्र नगर अस्पतालमा निःशुल्क मोतियाबिन्दु शल्यक्रिया सेवा सुरु

वराहक्षेत्र नगर अस्पतालमा निःशुल्क मोतियाबिन्दु शल्यक्रिया सेवा सुरु

Recent Posts

  • प्राध्यापक संघ सप्तकोशी बहुमुखी क्याम्पसको सभापतिमा पुनः केशव पुरी निर्वाचित
  • बराहक्षेत्रबाट अवैध बालुवा उत्खनन गर्दै गरेका ५ ट्याक्टरसहित चालक नियन्त्रणमा बराहक्षेत्र, सुनसरी।
  • नडाहामा जंगली हात्तीको आक्रमणबाट दुई जना घाइते
  • चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीको नाफा करिब २करोड,अध्यक्षमा पुनः सीता भण्डारी पौडेल निर्वाचित
  • प्याब्सन वराहक्षेत्रद्वारा नगर अस्पताललाई २५ हजार रुपैयाँ बराबरको प्रतिक्षालय बेन्च प्रदान

Recent Comments

  1. A WordPress Commenter on Hello world!

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर