• ebarahadarpan
  • Sample Page
Sunday, January 11, 2026
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

बराहक्षेत्र–५ को सामुदायिक वनबाट १९ केजी गाँजासहित युवक नियन्त्रणमा

बराह दर्पण by बराह दर्पण
June 8, 2025
in मुख्य समाचार, समाचार, स्थानीय समाचार
0
बराहक्षेत्र–५ को सामुदायिक वनबाट १९ केजी गाँजासहित युवक नियन्त्रणमा
0
SHARES
Share on FacebookShare on Twitter

सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित अमहा सामुदायिक वन क्षेत्रबाट १९ केजी लागू औषध गाँजासहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ।

धरान–कालाबञ्जार सडकखण्डमा धरानबाट कालाबञ्जारतर्फ मोटरसाइकलमा शंकास्पद झोला बोकी लागुऔषध बोकेको सूचना पाएपछि ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले उक्त स्थानमा निगरानी राखेको ईलाका प्रहरी प्रमुख दिवस कुवरले बताए ।
प्र.स.नि. डम्मर बहादुर गौतमको कमाण्डमा खटिएको प्रहरी टोलीलाई देख्नेबित्तिकै दुईजना व्यक्तिहरूले प्रदेश १–०२–०५१ प ४८२३ नम्बरको मोटरसाइकल सडकमै रोकी जंगलतर्फ भागेका थिए।

उक्त मोटरसाइकलका चालक धनकुटा नगरपालिका–९ निवासी २१ वर्षीय लक्ष्मण माझीलाई नियन्त्रणमा लिएर सोधपुछ गर्दा उनले लागू औषध रहेको झोला जंगल क्षेत्रमा लुकाएको जानकारी दिएका थिए। त्यसपछि गरिएको खोजतलासका क्रममा मोटरसाइकलमा बोकेको कालो झोलाभित्र १८ पोका गाँजा, कुल तौल १९ केजी फेला परेको प्रहरी प्रमुख कुवरले बताए  ।

बरामद लागू औषध, मोटरसाइकल र पक्राउ परेका व्यक्तिलाई ईलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ल्याई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Previous Post

वडा अध्यक्ष रोशन खड्काबाट माननीय ज्ञानेन्द्र बहादुर कार्कीलाई विशेष आभार

Next Post

१६ वर्षदेखि फरार किर्ते अभियुक्त पक्राउ, झुम्का कारागार चलान

Next Post
१६ वर्षदेखि फरार किर्ते अभियुक्त पक्राउ, झुम्का कारागार चलान

१६ वर्षदेखि फरार किर्ते अभियुक्त पक्राउ, झुम्का कारागार चलान

Recent Posts

  • प्राध्यापक संघ सप्तकोशी बहुमुखी क्याम्पसको सभापतिमा पुनः केशव पुरी निर्वाचित
  • बराहक्षेत्रबाट अवैध बालुवा उत्खनन गर्दै गरेका ५ ट्याक्टरसहित चालक नियन्त्रणमा बराहक्षेत्र, सुनसरी।
  • नडाहामा जंगली हात्तीको आक्रमणबाट दुई जना घाइते
  • चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीको नाफा करिब २करोड,अध्यक्षमा पुनः सीता भण्डारी पौडेल निर्वाचित
  • प्याब्सन वराहक्षेत्रद्वारा नगर अस्पताललाई २५ हजार रुपैयाँ बराबरको प्रतिक्षालय बेन्च प्रदान

Recent Comments

  1. A WordPress Commenter on Hello world!

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर