• ebarahadarpan
  • Sample Page
Sunday, January 11, 2026
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

बराहक्षेत्रमा उप–मेयर नगर स्तरीय भलिबल कप सुरु, उद्घाटन खेलमा वडा नं. ७ विजयी

बराह दर्पण by बराह दर्पण
June 19, 2025
in खेलकुद, मुख्य समाचार
0
बराहक्षेत्रमा उप–मेयर नगर स्तरीय भलिबल कप सुरु, उद्घाटन खेलमा वडा नं. ७ विजयी
0
SHARES
Share on FacebookShare on Twitter

बराहक्षेत्र, असार ५ – बराहक्षेत्र नगरपालिकाको वडा नं. ३ स्थित बिचपानी चोकमा आयोजना गरिएको उप–मेयर नगर स्तरीय भलिबल कप प्रतियोगिता २०८२ सुरु भएको छ। प्रतियोगिता यही असार ५ गतेदेखि ७ गतेसम्म सञ्चालन हुनेछ।

प्रतियोगिताको उद्घाटन खेलमा वडा नं. ५ र वडा नं. ७ बीच प्रतिस्पर्धा भएको थियो। खेलमा वडा नं. ७ ले उत्कृष्ट प्रदर्शन गर्दै विजयी भएको छ।
भोलि (असार ६ गते) हुने दोस्रो खेलमा वडा नं. ९ र वडा नं. २ आमनेसामने हुनेछन्।

७ वटै वडाको सहभागिता

प्रतियोगितामा बराहक्षेत्र नगरपालिकाका ७ वटा वडा — १, २, ३, ५, ७, ८ र ९ — को टिमले सहभागिता जनाएका छन्। प्रतियोगिता बराहक्षेत्र नगर खेलकुद विकास समितिको आयोजनामा भएको संयोजक साथै वडा नं. ७ का अध्यक्ष कपिल आचार्यले बताए ।

प्रतियोगितामा विजेताहरूलाई आकर्षक नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ। जसमा पहिलो पुरस्कार: रु ७१,०००, ट्रफी, मेडल र प्रमाणपत्र दोस्रो पुरस्कार: रु ४६,०००, ट्रफी, मेडल र प्रमाणपत्र त्यसैगरी, प्रतियोगितामा विशेष प्रदर्शन गर्ने खेलाडीले नगदसहित ट्रफि पाउनेछन। भने खेलमा दैनिक म्यान अफ द म्याच: प्रत्येक खेलमा रु २५०० नगदसहित ट्रफी प्रदान गरिनेछ।

खेल संयोजक कपिल आचार्यका अनुसार, यस्तो प्रतियोगिताले वडा–वडाबीच आपसी मित्रता, युवा सहभागिता, खेलकुदमा लगाव र सामुदायिक एकता अभिवृद्धि गर्न सहयोग पुर्‍याउनेछ। उनले खेलकुदमार्फत युवा शक्तिलाई सकारात्मक मार्गमा लाग्न प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्।

कार्यक्रममा नगर प्रमुख रमेश कार्कीले नगर उपप्रमुख,नन्दकुमारी सुनुवार , प्रमुख प्रशासकीय अधिकृत ,गणेश बहादुर कटुवाल
विभिन्न वडा अध्यक्ष सदस्य लगायत नगरपालिका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

Previous Post

१६ वर्षदेखि फरार किर्ते अभियुक्त पक्राउ, झुम्का कारागार चलान

Next Post

वराहक्षेत्र नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

Next Post
वराहक्षेत्र नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

वराहक्षेत्र नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

Recent Posts

  • बराहक्षेत्रबाट अवैध बालुवा उत्खनन गर्दै गरेका ५ ट्याक्टरसहित चालक नियन्त्रणमा बराहक्षेत्र, सुनसरी।
  • नडाहामा जंगली हात्तीको आक्रमणबाट दुई जना घाइते
  • चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीको नाफा करिब २करोड,अध्यक्षमा पुनः सीता भण्डारी पौडेल निर्वाचित
  • प्याब्सन वराहक्षेत्रद्वारा नगर अस्पताललाई २५ हजार रुपैयाँ बराबरको प्रतिक्षालय बेन्च प्रदान
  • वराहक्षेत्रको बोराबाधँ क्षेत्रमा सञ्चालित व्यवसायमा नगरपालिकाको अनुगमन, व्यवसायीलाई पर्यटकमैत्री बन्न निर्देशन

Recent Comments

  1. A WordPress Commenter on Hello world!

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर