• ebarahadarpan
  • Sample Page
Sunday, January 11, 2026
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

वराहक्षेत्र नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा

बराह दर्पण by बराह दर्पण
June 19, 2025
in मुख्य समाचार, समाचार
0
वराहक्षेत्र नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा
0
SHARES
Share on FacebookShare on Twitter

बराहक्षेत्र (असार ५) – “स्थानिय स्रोत उपयोग, स्वामित्व र सहभागिता; पूर्ण खोप सुनिश्चितता – हाम्रो प्रतिबद्धता” भन्ने नारासहित वराहक्षेत्र नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा गरिएको छ।

नगर क्षेत्रभित्रका सबै बालबालिकाले १५ महिनाको उमेरभित्रै राष्ट्रिय खोप तालिका अनुसारका सम्पूर्ण खोपहरू लगाइसकेको प्रमाणित भएपछि नगरपालिकालाई पूर्ण खोप सुनिश्चिता भएको घोषणा गरिएको हो।

घोषणा कार्यक्रम भव्यरूपमा सम्पन्न
वराहक्षेत्र नगरपालिका खोप समन्वय समितिको आयोजनामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति सुनसरीका सभापति तथा जिल्ला स्तरीय खोप समन्वय समितिका संयोजक राजन मेहता प्रमुख अतिथिका रूपमा उपस्थित थिए।
कार्यक्रमको अध्यक्षता नगरप्रमुख रमेश कार्कीले गरेका थिए। नगर उपप्रमुख नन्दकुमारी सुनुवार र प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल विशिष्ट अतिथिका रूपमा सहभागी थिए।

कार्यक्रममा वडा नं २ का अध्यक्ष होमप्रसाद गौतम, वडा नं ५ का रोहित काफ्ले, वडा नं ७ का कपिल आचार्य, वडा नं ८ का रोशन खड्का र वडा नं १० का तेजबहादुर गुरुङ, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, स्वास्थ्य संस्थाका प्रमुखहरू, महिला स्वास्थ्य स्वयसेविकाहरू, पत्रकार, तथा नगरपालिका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रतिवद्धता हस्ताक्षर र प्रमाणपत्र वितरण

घोषणा कार्यक्रममा सहभागी सरोकारवाला सबैले पूर्ण खोप सुनिश्चितता दिगोपन घोषणापत्रमा हस्ताक्षर गरी जिम्मेवारीमा दृढता जनाएका थिए। साथै, नगरका ११ वटै वडा स्तरिय खोप समन्वय समितिहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो।

हाल वराहक्षेत्र नगरपालिकाले ३१ वटा खोप केन्द्रहरू सञ्चालन गर्दै आएको छ, जसबाट नियमित खोप सेवा प्रदान गरिँदै आएको छ।

स्वास्थ्य शाखा प्रमुख डा. धनराज यादवका अनुसार यस घोषणाले स्थानीय तहको स्वास्थ्य पूर्वाधार, स्रोतको उपयोग र नागरिकको सहभागितालाई थप सशक्त बनाउनेछ।

Previous Post

बराहक्षेत्रमा उप–मेयर नगर स्तरीय भलिबल कप सुरु, उद्घाटन खेलमा वडा नं. ७ विजयी

Next Post

उप–मेयर कप नगर स्तरीय भलिबल प्रतियोगिता : उपाधि वडा नं. ३ को पोल्टामा

Next Post
उप–मेयर कप नगर स्तरीय भलिबल प्रतियोगिता : उपाधि वडा नं. ३ को पोल्टामा

उप–मेयर कप नगर स्तरीय भलिबल प्रतियोगिता : उपाधि वडा नं. ३ को पोल्टामा

Recent Posts

  • बराहक्षेत्रबाट अवैध बालुवा उत्खनन गर्दै गरेका ५ ट्याक्टरसहित चालक नियन्त्रणमा बराहक्षेत्र, सुनसरी।
  • नडाहामा जंगली हात्तीको आक्रमणबाट दुई जना घाइते
  • चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीको नाफा करिब २करोड,अध्यक्षमा पुनः सीता भण्डारी पौडेल निर्वाचित
  • प्याब्सन वराहक्षेत्रद्वारा नगर अस्पताललाई २५ हजार रुपैयाँ बराबरको प्रतिक्षालय बेन्च प्रदान
  • वराहक्षेत्रको बोराबाधँ क्षेत्रमा सञ्चालित व्यवसायमा नगरपालिकाको अनुगमन, व्यवसायीलाई पर्यटकमैत्री बन्न निर्देशन

Recent Comments

  1. A WordPress Commenter on Hello world!

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर