• ebarahadarpan
  • Sample Page
Sunday, January 11, 2026
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

बराहक्षेत्रको अमहा जंगलबाट अवैध राइफलसहितको कार बरामद

बराह दर्पण by बराह दर्पण
June 23, 2025
in मुख्य समाचार, समाचार
0
बराहक्षेत्रको अमहा जंगलबाट अवैध राइफलसहितको कार बरामद
0
SHARES
Share on FacebookShare on Twitter

सुनसरीको बराहक्षेत्र नगरपालिका–५ स्थित अमहा सिमसार जंगल क्षेत्रमा प्रहरीले अवैध हतियारसहितको कार नियन्त्रणमा लिएको छ।

विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले कार भित्रबाट एक थान राइफल बरामद गरेको हो भने सवारीमा सवार व्यक्तिहरू भने फरार छन्।

२०८२ साल असार ९ गते राति १२:५० बजे, प्रहरी चौकी भरौलबाट खटिएको टोलीले अमहा सिमसार क्षेत्रको भित्री सडकखण्डमा चेकजाँचका क्रममा धरानबाट कालाबञ्जारतर्फ गइरहेको बा.६ च. ८४०३ नम्बरको कालो रंगको कार रोकेको थियो। तर प्रहरीले देख्नेबित्तिकै कारमा सवार व्यक्तिहरू जंगलतर्फ भागेका थिए।

प्रहरीले उक्त गाडीको चेकजाँच गर्दा बीचको सिटमा “WEBLEY & SCOTT LIT LONDON & BIRMINGHAM, MADE IN ENGLAND” लेखिएको एक थान खाली राइफल (बन्दुकमा राउण्ड नरहेको) फेला परेको हो।

बरामद गरिएको कार र राइफल हाल इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखिएको छ भने घटनामा संलग्न व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अवैध हतियार ओसारपसारको आशंका

प्रहरीले रातको समयमा सुनसान जंगल क्षेत्र हुँदै हतियारसहितको गाडी देखिएको घटनालाई संवेदनशील रूपमा लिएको छ।
यस घटनाले अवैध हतियार ओसारपसार वा आपराधिक गतिविधिमा संलग्न समूहको संलग्नता रहेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

प्रहरी स्रोतका अनुसार, सुरक्षा सुदृढीकरणका लागि उक्त क्षेत्रको निगरानी अझ कडा बनाइएको छ र सम्बन्धित व्यक्तिहरूको पहिचान तथा पक्राउका लागि खोजी जारी रहेको कुवरले बताए ।

Previous Post

दुबईमा कार्यरत दिलिप कुमार रायद्वारा आगलागी पीडितलाई आर्थिक सहयोग

Next Post

बराहक्षेत्रमा कुटपिटबाट एक महिलाको मृत्यु, श्रीमान प्रहरीको नियन्त्रणमा

Next Post
बराहक्षेत्रमा कुटपिटबाट एक महिलाको मृत्यु, श्रीमान प्रहरीको नियन्त्रणमा

बराहक्षेत्रमा कुटपिटबाट एक महिलाको मृत्यु, श्रीमान प्रहरीको नियन्त्रणमा

Recent Posts

  • बराहक्षेत्रबाट अवैध बालुवा उत्खनन गर्दै गरेका ५ ट्याक्टरसहित चालक नियन्त्रणमा बराहक्षेत्र, सुनसरी।
  • नडाहामा जंगली हात्तीको आक्रमणबाट दुई जना घाइते
  • चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीको नाफा करिब २करोड,अध्यक्षमा पुनः सीता भण्डारी पौडेल निर्वाचित
  • प्याब्सन वराहक्षेत्रद्वारा नगर अस्पताललाई २५ हजार रुपैयाँ बराबरको प्रतिक्षालय बेन्च प्रदान
  • वराहक्षेत्रको बोराबाधँ क्षेत्रमा सञ्चालित व्यवसायमा नगरपालिकाको अनुगमन, व्यवसायीलाई पर्यटकमैत्री बन्न निर्देशन

Recent Comments

  1. A WordPress Commenter on Hello world!

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर