• ebarahadarpan
  • Sample Page
Sunday, January 11, 2026
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

बराहक्षेत्रमा कुटपिटबाट एक महिलाको मृत्यु, श्रीमान प्रहरीको नियन्त्रणमा

बराह दर्पण by बराह दर्पण
June 23, 2025
in मुख्य समाचार, समाचार
0
बराहक्षेत्रमा कुटपिटबाट एक महिलाको मृत्यु, श्रीमान प्रहरीको नियन्त्रणमा
0
SHARES
Share on FacebookShare on Twitter

सुनसरीको बराहक्षेत्र नगरपालिका–५, मुसहरी टोलमा एक महिलाको घरेलु विवादपछि कुटपिटबाट मृत्यु भएको छ।

घटनामा संलग्न भनिएका मृतकका श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार मृतक २४ वर्षीया ढलि भनिने गंगा सरदार हुन्। उनीमाथि उनकै श्रीमान् ३० वर्षीय सोनिया मुसहरले घरेलु विवादका क्रममा कुटपिट गरेका थिए।
कुटपिटपछि गम्भीर घाइते भएकी सरदारलाई उपचारका लागि अस्पताल नपुर्‍याई घरमै–टिनको छानो र बाँसको टाटीले बनेको भुइँतल्लाको घरमा राखिएको थियो।

मृत अवस्था फेला, तत्काल प्रहरी टोली खटियो

२०८२ असार ८ गते बिहान ९:२५ बजे महिलाको मृत अवस्थामा घरमै शव फेला परेको सूचना पाएलगत्तै प्रहरी चौकी भरौलबाट प्रहरी निरीक्षक डम्बर गौतमको नेतृत्वमा टोली घटनास्थलमा पुगेको थियो।

प्रहरीले घटनास्थल सुरक्षित राखी थप अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीबाट प्रहरी निरीक्षक दिवश कुँवरको कमाण्डमा SOCO (Scene of Crime Officer) टोलीसहित थप फोर्स परिचालन गरेको थियोे ।

श्रीमान् प्रहरी नियन्त्रणमा, अनुसन्धान जारी

प्रहरीले कुटपिटमा संलग्न भएको आशंकामा सोनिया मुसहरलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको जनाएको छ। घटनासम्बन्धी विधिवत कानुनी प्रक्रिया अघि बढाइएको प्रहरी स्रोतले जानकारी दिएको छ।

Previous Post

बराहक्षेत्रको अमहा जंगलबाट अवैध राइफलसहितको कार बरामद

Next Post

बराहक्षेत्रको १६औं नगरसभा सम्पन्न: १ अर्ब ६ लाखको बजेट सार्वजनिक

Next Post
बराहक्षेत्रको १६औं नगरसभा सम्पन्न: १ अर्ब ६ लाखको बजेट सार्वजनिक

बराहक्षेत्रको १६औं नगरसभा सम्पन्न: १ अर्ब ६ लाखको बजेट सार्वजनिक

Recent Posts

  • बराहक्षेत्रबाट अवैध बालुवा उत्खनन गर्दै गरेका ५ ट्याक्टरसहित चालक नियन्त्रणमा बराहक्षेत्र, सुनसरी।
  • नडाहामा जंगली हात्तीको आक्रमणबाट दुई जना घाइते
  • चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीको नाफा करिब २करोड,अध्यक्षमा पुनः सीता भण्डारी पौडेल निर्वाचित
  • प्याब्सन वराहक्षेत्रद्वारा नगर अस्पताललाई २५ हजार रुपैयाँ बराबरको प्रतिक्षालय बेन्च प्रदान
  • वराहक्षेत्रको बोराबाधँ क्षेत्रमा सञ्चालित व्यवसायमा नगरपालिकाको अनुगमन, व्यवसायीलाई पर्यटकमैत्री बन्न निर्देशन

Recent Comments

  1. A WordPress Commenter on Hello world!

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर