• ebarahadarpan
  • Sample Page
Sunday, January 11, 2026
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

धरानबाट कालाबन्जारतर्फ जाँदै गरेको कारबाट १२० किलो गाँजा बरामद, दुई जना पक्राउ

बराह दर्पण by बराह दर्पण
June 29, 2025
in मुख्य समाचार
0
धरानबाट कालाबन्जारतर्फ जाँदै गरेको कारबाट १२० किलो गाँजा बरामद, दुई जना पक्राउ
0
SHARES
Share on FacebookShare on Twitter

बराहक्षेत्र – धरानबाट कालाबन्जारतर्फ जाँदै गरेको एक कारबाट प्रहरीले ठूलो मात्रामा लागू औषध गाँजा बरामद गरेको छ। कारमा सवार दुई जनालाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको छ।

२०८२ साल असार १४ गते साँझ करिब ७:३० बजे, सुनसरीको बराहक्षेत्र नगरपालिका–५, तिनकुनेस्थित सडकखण्डमा प्रहरीले विशेष सूचनाका आधारमा पक्राउ गरेको हो।

प्रहरी चौकी भरौलबाट खटिएको टोलीले धरानबाट आउँदै गरेको टाटा नानो (प्र.१–०२–००१ ज ४६३७) नम्बरको सवारीसाधनलाई शंका लागी रोकेर जाँच गरेको थियो।

लगत्तै इलाका प्रहरी कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी चौकी नहडाबाट थप प्रहरी टोली खटाएर कारमा विस्तृत चेकजाँच गर्दा, कालो प्लास्टिकका ६ वटा बोरामा प्याक गरिएको करिब १२० के.जि. गाँजा फेला परेको हो।

प्रहरीले उक्त कारका चालक मोरङ, विराटनगर महानगरपालिका–४, इक्राहीका २६ वर्षीय धिरज गोसाई र सहयात्री मोरङ, जहदा गाउँपालिका–७ का २२ वर्षीय बिकास यादवलाई नियन्त्रणमा लिएको जनाएको छ।

हाल दुवै जनालाई लागू औषध सम्बन्धी मुद्दामा आवश्यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर, सुनसरीमा राखिएको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले कोशी क्षेत्रमा लागू औषध तस्करी रोक्न सञ्चालित चेकिङ अभियानलाई अझ सशक्त बनाइएको समेत इलाका प्रमुख दिवस कुवरले बताएको छ।

Previous Post

मकालु इङ्लिस बोर्डिङकी मिसूँ प्रधानले एसईईमा ४.० जिपिए ल्याउँदै विद्यालय टप गरिन्

Next Post

इलाका प्रहरी कार्यालय महेन्द्रनगरद्वारा २२९ केजी गाँजा नष्ट

Next Post
इलाका प्रहरी कार्यालय महेन्द्रनगरद्वारा २२९ केजी गाँजा नष्ट

इलाका प्रहरी कार्यालय महेन्द्रनगरद्वारा २२९ केजी गाँजा नष्ट

Recent Posts

  • प्राध्यापक संघ सप्तकोशी बहुमुखी क्याम्पसको सभापतिमा पुनः केशव पुरी निर्वाचित
  • बराहक्षेत्रबाट अवैध बालुवा उत्खनन गर्दै गरेका ५ ट्याक्टरसहित चालक नियन्त्रणमा बराहक्षेत्र, सुनसरी।
  • नडाहामा जंगली हात्तीको आक्रमणबाट दुई जना घाइते
  • चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीको नाफा करिब २करोड,अध्यक्षमा पुनः सीता भण्डारी पौडेल निर्वाचित
  • प्याब्सन वराहक्षेत्रद्वारा नगर अस्पताललाई २५ हजार रुपैयाँ बराबरको प्रतिक्षालय बेन्च प्रदान

Recent Comments

  1. A WordPress Commenter on Hello world!

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर