• ebarahadarpan
  • Sample Page
Sunday, January 11, 2026
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

बराहक्षेत्रका व्यवसायिक कृषकलाई ५० प्रतिशत अनुदानमा विद्युतीय दुवानी साधन वितरण

बराह दर्पण by बराह दर्पण
July 10, 2025
in मुख्य समाचार, समाचार
0
बराहक्षेत्रका व्यवसायिक कृषकलाई ५० प्रतिशत अनुदानमा विद्युतीय दुवानी साधन वितरण
0
SHARES
Share on FacebookShare on Twitter

बराहक्षेत्र – बराहक्षेत्र नगरपालिकाले व्यवसायिक कृषकहरूको उत्पादन छिटो र सजिलै बजारसम्म पुगोस् भन्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा विद्युतीय दुवानी साधन वितरण गरेको छ।

बराहक्षेत्र नगरपालिकाको कृषि विकास शाखाले आर्थिक वर्ष २०८१/८२ को कार्यक्रम अन्तर्गत चार वटा विद्युतीय दुवानी साधन वितरण गरेको हो। कार्यक्रममा प्रति कृषकले रु २ लाख १० हजार लगानी गरेका थिए भने बाँकी लागत नगरपालिकाले व्यहोरेको कृषि बिकास शाखा प्रमुख तुलसा लिम्बूले जानकारी दिइन्।

उनका अनुसार प्रति गोटा साधनको कुल लागत रु ४ लाख २० हजार रहेको छ। प्रतियोगितात्मक प्रक्रियाबाट खरिद गरिएका यी साधनले खेत–बारीमा उत्पादन भएका तरकारी तथा फलफूललाई छिटो र सजिलै बजारसम्म पुर्‍याउन सहयोग पुग्ने उनले बताइन्।

विद्युतीय दुवानी साधन प्राप्त गर्नेमा बिष्ट कृषि फार्म, नवदुर्गा कृषि सहकारी संस्था, दाजुभाइ कृषि फार्म र पृतिचन माझीलाई उप प्रमुख नन्द कुमारी सुनुवार , प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल आर्थिक बिकास संयोजक तेजबहादुर गुरुङ लगायतले हस्तान्तरण गरेका थिए ।

कृषि शाखा प्रमुख लिम्बूका अनुसार यस्ता उपकरणले कृषकको श्रम र समय दुवै बचत हुनुका साथै उत्पादनको मूल्य संरक्षण र बजार व्यवस्थापनमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

Previous Post

चक्रघट्टीबाट लागू औषधसहित चार जना नियन्त्रणमा

Next Post

बराहक्षेत्र–३ मा कालोपत्रे सडक एक सातामै जीर्ण, मेयरको चुनावी बाचा ‘हातले उकाउने’ पिचमा परिणत

Next Post
बराहक्षेत्र–३ मा कालोपत्रे सडक एक सातामै जीर्ण, मेयरको चुनावी बाचा ‘हातले उकाउने’ पिचमा परिणत

बराहक्षेत्र–३ मा कालोपत्रे सडक एक सातामै जीर्ण, मेयरको चुनावी बाचा ‘हातले उकाउने’ पिचमा परिणत

Recent Posts

  • प्राध्यापक संघ सप्तकोशी बहुमुखी क्याम्पसको सभापतिमा पुनः केशव पुरी निर्वाचित
  • बराहक्षेत्रबाट अवैध बालुवा उत्खनन गर्दै गरेका ५ ट्याक्टरसहित चालक नियन्त्रणमा बराहक्षेत्र, सुनसरी।
  • नडाहामा जंगली हात्तीको आक्रमणबाट दुई जना घाइते
  • चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीको नाफा करिब २करोड,अध्यक्षमा पुनः सीता भण्डारी पौडेल निर्वाचित
  • प्याब्सन वराहक्षेत्रद्वारा नगर अस्पताललाई २५ हजार रुपैयाँ बराबरको प्रतिक्षालय बेन्च प्रदान

Recent Comments

  1. A WordPress Commenter on Hello world!

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर