• ebarahadarpan
  • Sample Page
Sunday, January 11, 2026
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

बराहक्षेत्र–३ मा कालोपत्रे सडक एक सातामै जीर्ण, मेयरको चुनावी बाचा ‘हातले उकाउने’ पिचमा परिणत

बराह दर्पण by बराह दर्पण
July 14, 2025
in मुख्य समाचार, समाचार
0
बराहक्षेत्र–३ मा कालोपत्रे सडक एक सातामै जीर्ण, मेयरको चुनावी बाचा ‘हातले उकाउने’ पिचमा परिणत
0
SHARES
Share on FacebookShare on Twitter

बराहक्षेत्र नगरपालिका–३ स्थित मिलन चोकदेखि खोरिया जोड्ने सडकमा भर्खरै सम्पन्न भएको कालोपत्रे पिच काम एक सातामै जीर्ण देखिन थालेपछि स्थानीयवासी निराश र आक्रोशित भएका छन्।

नगरप्रमुखले चुनावताका ‘गुणस्तरीय पूर्वाधार र दिगो विकास’ गर्ने बाचा गरेका थिए। त्यही बाचा पूरा भएको भन्दै खुशी व्यक्त गरेका स्थानीयले अहिले भने “धन्यवाद फिर्ता लिनुपरेको” भन्दै जनप्रतिनिधिमाथि गुनासो पोखेका छन्।

हिजो धन्यवाद, आज आक्रोश

स्थानीय मोहन सुवेदी भन्छन् —
“हामीले हिजो पिच बन्द भएकोमा खुशी हुँदै मेयरलाई धन्यवाद दिएका थियौं। तर आज त्यो धन्यवाद फिर्ता लिनुपर्ने दिन आयो। पिच हातले कोटाउदा समेत उक्किने भएकोले चुनावमा बोलेको जस्तो विकास त देखिएन।”

स्थानीयका अनुसार स्ट्यामेन्टमा ५ मिटर चौडाइको पिच हुनुपर्नेमा कतैकतै ४ मिटर ३ मिटर ८० सेन्टिमिटर हाराहारी मात्र पिच गरिएको छ। काममा कमसल सामग्री प्रयोग गरिएको र गुणस्तरीय निगरानी नगरेको भन्दै उनीहरू आक्रोशित छन्।

पिच हातले उकास्ने अवस्था

भर्खरै सम्पन्न पिच सडकमा साना बच्चाले समेत छुनासाथ टुक्रिने, हातले उकास्न मिल्ने अवस्था देखिएको छ। “एउटा सानो बाँचाले धकेल्दा समेत पिच उकिएको छ,” स्थानीयले गुनासो गरे।

गुणस्तरीय कामको माग

नगरप्रमुखले चुनावताका गरेको ‘गुणस्तरीय विकास’को बाचा र धरातलीय अवस्था विपरित देखिएपछि स्थानीयवासीले निर्माण कम्पनी र अनुगमन निकायसँग स्पष्ट जवाफ माग गरेका छन्।
साथै, यथाशीघ्र मर्मत गरी मापदण्डअनुसारको सडक बनाइदिन माग गर्दै नगरपालिकाको यसै भिडियो मार्फत  ध्यानाकर्षण गराएका छन्।

 

Previous Post

बराहक्षेत्रका व्यवसायिक कृषकलाई ५० प्रतिशत अनुदानमा विद्युतीय दुवानी साधन वितरण

Next Post

डेनमार्कमा प्याब्सनको शैक्षिक सेमिनार, सुनसरीबाट अध्यक्ष ढकालसहित पाँच जनाको सहभागि

Next Post
डेनमार्कमा प्याब्सनको शैक्षिक सेमिनार, सुनसरीबाट अध्यक्ष ढकालसहित पाँच जनाको सहभागि

डेनमार्कमा प्याब्सनको शैक्षिक सेमिनार, सुनसरीबाट अध्यक्ष ढकालसहित पाँच जनाको सहभागि

Recent Posts

  • प्राध्यापक संघ सप्तकोशी बहुमुखी क्याम्पसको सभापतिमा पुनः केशव पुरी निर्वाचित
  • बराहक्षेत्रबाट अवैध बालुवा उत्खनन गर्दै गरेका ५ ट्याक्टरसहित चालक नियन्त्रणमा बराहक्षेत्र, सुनसरी।
  • नडाहामा जंगली हात्तीको आक्रमणबाट दुई जना घाइते
  • चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीको नाफा करिब २करोड,अध्यक्षमा पुनः सीता भण्डारी पौडेल निर्वाचित
  • प्याब्सन वराहक्षेत्रद्वारा नगर अस्पताललाई २५ हजार रुपैयाँ बराबरको प्रतिक्षालय बेन्च प्रदान

Recent Comments

  1. A WordPress Commenter on Hello world!

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर