• ebarahadarpan
  • Sample Page
Sunday, January 11, 2026
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

सहारा नेपाल साकोस सेवा केन्द्र कालाबंजार द्वारा १,३५,०० बराबरको ऋण मिनाहा

बराह दर्पण by बराह दर्पण
July 25, 2025
in मुख्य समाचार, समाचार
0
सहारा नेपाल साकोस सेवा केन्द्र कालाबंजार द्वारा १,३५,०० बराबरको ऋण मिनाहा
0
SHARES
Share on FacebookShare on Twitter

— सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको केन्द्रीय कार्यालय चारपाने अन्तर्गत सञ्चालन हुँदै आएको कालावञ्जर सेवा केन्द्रमार्फत दुई जना सदस्यलाई ऋण सुरक्षाअन्तर्गतको क्षतिपूर्ति रकम वितरण गरिएको छ।

वराहक्षेत्र नगरपालिका वडा नं. ४ आन्द्रामोडमा सञ्चालित राजधामी सहारा महिला समूह (समूह नं. १७२) की सदस्य शिला चौधरीलाई उनका श्रीमान आशाराम धामीको निधन पश्चात रु १,०५,००० प्रदान गरिएको हो। त्यस्तै, सनौलो सहारा महिला समूह (समूह नं. १२) की सदस्य गायत्री देवी ढकाल कार्की लाई उनका श्रीमानको निधन पश्चात रु ३०,००० वितरण गरिएको छ।

उक्त ऋण मिनाहा कार्यक्रम अन्तर्गत कुल रकम रु १,३५,००० बराबरको उक्त क्षतिपूर्ति रकम समूह सदस्य तथा स्थानीय अभिभावकहरूको उपस्थितिमा वडा नं. ४ का वडा सदस्य किरण धामीमार्फत हस्तान्तरण गरिएको हो।

सेवा केन्द्र कालाबंजारले अगिल्लो आर्थिक वर्ष ०८१/०८२ मा पनि सदस्यहरुलाई बिभिन्न कार्यक्र अन्तर्गत सेवा दिदै आएको छ, जस्तै सुरक्षित आवास योजना अन्तर्गत ३० परिवारलाई १४०० घना ट्रिटेड बाँस वितरण गरेको थियो। त्यस्तै, परिवार राहत कोष, सदस्य उपचार कार्यक्रम लगायतका योजनामार्फत विभिन्न सामाजिक जिम्मेवारी पूरा गर्दै आएको छ।

संस्थाले ल्याएको बिभिन्न कार्यक्रम अन्तर्गत सदस्य वा सदस्यका श्रीमानको असामयिक निधनमा पारिवारिक आर्थिक भार न्यूनीकरण गर्नका लागि ऋण बराबरको रकम मिनाह गर्ने प्रावधान रहेको सेवा केन्द्र कालाबन्जारका प्रमुख जिवन कटुवालले जानकारी दिनु भयो। साथै संस्थाका सदस्यहरुलाई कुनै पनि अफ्ट्यारा परेको खण्डमा सदस्यलाई सहयोग गरी सधै सहारा नेपाल साकोस सदस्यको हितमा काम गर्ने प्रतिवद्धता समेत जायर गर्नु भयो ।

Previous Post

डेनमार्कमा प्याब्सनको शैक्षिक सेमिनार, सुनसरीबाट अध्यक्ष ढकालसहित पाँच जनाको सहभागि

Next Post

नेपाल दशनामी समाज,युवा समिति सुनसरीको दोस्रो जिल्ला अधिवेशन सम्पन्न, अध्यक्ष तेजबहादुर पुरी

Next Post
नेपाल दशनामी समाज,युवा समिति सुनसरीको दोस्रो जिल्ला अधिवेशन सम्पन्न, अध्यक्ष तेजबहादुर पुरी

नेपाल दशनामी समाज,युवा समिति सुनसरीको दोस्रो जिल्ला अधिवेशन सम्पन्न, अध्यक्ष तेजबहादुर पुरी

Recent Posts

  • प्राध्यापक संघ सप्तकोशी बहुमुखी क्याम्पसको सभापतिमा पुनः केशव पुरी निर्वाचित
  • बराहक्षेत्रबाट अवैध बालुवा उत्खनन गर्दै गरेका ५ ट्याक्टरसहित चालक नियन्त्रणमा बराहक्षेत्र, सुनसरी।
  • नडाहामा जंगली हात्तीको आक्रमणबाट दुई जना घाइते
  • चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीको नाफा करिब २करोड,अध्यक्षमा पुनः सीता भण्डारी पौडेल निर्वाचित
  • प्याब्सन वराहक्षेत्रद्वारा नगर अस्पताललाई २५ हजार रुपैयाँ बराबरको प्रतिक्षालय बेन्च प्रदान

Recent Comments

  1. A WordPress Commenter on Hello world!

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर