• ebarahadarpan
  • Sample Page
Sunday, January 11, 2026
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

वराहक्षेत्रका कांग्रेस नेता सन्तोष श्रेष्ठले साधु–सन्त लाई सहयोग गर्दै मनाए जन्मदिन

बराह दर्पण by बराह दर्पण
August 14, 2025
in मुख्य समाचार, समाचार
0
वराहक्षेत्रका कांग्रेस नेता सन्तोष श्रेष्ठले साधु–सन्त लाई सहयोग गर्दै मनाए जन्मदिन
0
SHARES
Share on FacebookShare on Twitter

वराहक्षेत्र – वराहक्षेत्र नगरपालिका–१ खारखोलाका नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ प्रदेश सभा २ का सदस्य तथा युवा नेता सन्तोष श्रेष्ठले आफ्नो जन्मदिनलाई सामाजिक सेवामा समर्पित गर्दै असहाय, साधु–सन्तहरुलाई सहयोग गरेका छन्।

साउन २९ गते बिहीबार ३७औँ जन्मदिनको अवसरमा श्रेष्ठले वराहक्षेत्र मन्दिर परिसरमा रहेका करिब ३० जना असहाय, साधु–सन्तहरुलाई खाद्यान्न, रकम र कपडा वितरण गरे। उनले जन्मदिनमा हुने व्यक्तिगत खर्चलाई सामाजिक कार्यमा प्रयोग गरेको जनाए।
“शक्तिहीन र असहाय व्यक्तिलाई जन्मदिनको अवसरमा सहयोग गर्न पाउनु नै ठूलो खुशी हो,” श्रेष्ठले भने।

श्रेष्ठले विगतका जन्मदिनमा पनि वृक्षारोपण, साधु–सन्तलाई भोजन, सडक सुरक्षा बोर्ड र सिसी क्यामेरा जडान, मठ–मन्दिर रंगरोगन, सडक मर्मत तथा असहाय परिवारलाई सहयोग जस्ता कार्य गर्दै आएका छन्।

सन्तोष श्रेष्ठ नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ प्रदेश सभा २ का सदस्य मात्र नभई वराहक्षेत्र खेलकुद विकास समितिका सदस्य र खारखोला फुटबल क्लबका अध्यक्ष समेत हुन्।

Previous Post

बराहक्षेत्र नगर अस्पतालमै मोतियाबिन्दुको शल्यक्रिया, ५४ जनाले पाए निशुल्क सेवा

Next Post

बराहक्षेत्र मन्दिर दर्शन गरेर फर्किँदै गर्दा ढुंगा खस्दा युवकको मृत्यु

Next Post
बराहक्षेत्र मन्दिर दर्शन गरेर फर्किँदै गर्दा ढुंगा खस्दा युवकको मृत्यु

बराहक्षेत्र मन्दिर दर्शन गरेर फर्किँदै गर्दा ढुंगा खस्दा युवकको मृत्यु

Recent Posts

  • प्राध्यापक संघ सप्तकोशी बहुमुखी क्याम्पसको सभापतिमा पुनः केशव पुरी निर्वाचित
  • बराहक्षेत्रबाट अवैध बालुवा उत्खनन गर्दै गरेका ५ ट्याक्टरसहित चालक नियन्त्रणमा बराहक्षेत्र, सुनसरी।
  • नडाहामा जंगली हात्तीको आक्रमणबाट दुई जना घाइते
  • चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीको नाफा करिब २करोड,अध्यक्षमा पुनः सीता भण्डारी पौडेल निर्वाचित
  • प्याब्सन वराहक्षेत्रद्वारा नगर अस्पताललाई २५ हजार रुपैयाँ बराबरको प्रतिक्षालय बेन्च प्रदान

Recent Comments

  1. A WordPress Commenter on Hello world!

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर