• ebarahadarpan
  • Sample Page
Sunday, January 11, 2026
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

वराहक्षेत्र संस्थागत क्षमता कार्यसम्पादनमा सुनसरीकै उत्कृष्ट, प्रदेशमा पाँचौँ

बराह दर्पण by बराह दर्पण
August 24, 2025
in मुख्य समाचार, समाचार, स्थानीय समाचार
0
वराहक्षेत्र संस्थागत क्षमता कार्यसम्पादनमा सुनसरीकै उत्कृष्ट, प्रदेशमा पाँचौँ
0
SHARES
Share on FacebookShare on Twitter

सुनसरी । नेपाल सरकारको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०८०/८१ का लागि गरेको स्थानिय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) मा बराहक्षेत्र नगरपालिका सुनसरीकै उत्कृष्ट स्थानीय तहको रूपमा चयन भएको छ।

सुनसरी जिल्लाकै कान्छो नगरपालिका बराहक्षेत्रले लगातार तेस्रो वर्ष पनि जिल्लामा पहिलो स्थान हासिल गरेको हो। यसपालि बराहक्षेत्रले १०० पूर्णाङ्कमध्ये ८५.७५ अंक प्राप्त गरेको प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवालले जानकारी दिए।

बराहक्षेत्रले जिल्लाका अन्य उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई पछि पार्दै उत्कृष्ट अंक ल्याएको हो। यस उपलब्धीसँगै बराहक्षेत्र नगरपालिका कोशी प्रदेशका १३६ स्थानीय तहमध्ये पाँचौँ स्थानमा पर्न सफल भएको छ।

प्रदेशस्तरमा इलामको सूर्यदय नगरपालिका ९०.५० अंकसहित पहिलो, इलाम नगरपालिका ९० अंकसहित दोस्रो, विराटनगर महानगरपालिका ८७.२५ अंकसहित तेस्रो, खोटाङको हलेसी तुवाचुङ नगरपालिका ८६.५० अंकसहित चौथो र झापाको कन्काई नगरपालिका ८६ अंकसहित पाँचौँ उत्कृष्ट स्थानीय तह बनेका छन्।

सुनसरीका अन्य स्थानीय तहहरूले पाएको अंक यसप्रकार छः

भोक्राह गाउँपालिका — ८०.५०

दुहवी नगरपालिका — ८०.२५

इटहरी उपमहानगरपालिका — ८०

धरान उपमहानगरपालिका — ७७.५०

हरिनगरा गाउँपालिका — ७३

इनरुवा नगरपालिका — ७१.२५

गढी गाउँपालिका — ७१

बर्जु गाउँपालिका — ६८.५०

कोशी गाउँपालिका — ६४

देवाङ्ज गाउँपालिका — ५६

रामधुनी नगरपालिका — ५३.५०

संघीय सरकारले आगामी आर्थिक वर्षको बजेट विनियोजनका क्रममा स्थानीय तहलाई शसर्त र निःशर्त अनुदान वितरण गर्न आधार मान्ने यो मूल्याङ्कनमा बराहक्षेत्र नगरपालिकाले लगातार उत्कृष्ट अंक ल्याउँदै आएको छ।

नगरपालिकाले कार्यसम्पादनका १० वटा सूचक क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गर्दै जिल्लामा मात्र नभई प्रदेशस्तरमै अग्रस्थानमा आफ्नो उपस्थितिलाई मजबुत बनाएको छ।

Previous Post

बराहक्षेत्र मन्दिर दर्शन गरेर फर्किँदै गर्दा ढुंगा खस्दा युवकको मृत्यु

Next Post

सप्तकोशी बहुमुखी क्याम्पस शैक्षिक गुणस्तरमा प्रदेशमै अब्बल

Next Post
सप्तकोशी बहुमुखी क्याम्पस शैक्षिक गुणस्तरमा प्रदेशमै अब्बल

सप्तकोशी बहुमुखी क्याम्पस शैक्षिक गुणस्तरमा प्रदेशमै अब्बल

Recent Posts

  • प्राध्यापक संघ सप्तकोशी बहुमुखी क्याम्पसको सभापतिमा पुनः केशव पुरी निर्वाचित
  • बराहक्षेत्रबाट अवैध बालुवा उत्खनन गर्दै गरेका ५ ट्याक्टरसहित चालक नियन्त्रणमा बराहक्षेत्र, सुनसरी।
  • नडाहामा जंगली हात्तीको आक्रमणबाट दुई जना घाइते
  • चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीको नाफा करिब २करोड,अध्यक्षमा पुनः सीता भण्डारी पौडेल निर्वाचित
  • प्याब्सन वराहक्षेत्रद्वारा नगर अस्पताललाई २५ हजार रुपैयाँ बराबरको प्रतिक्षालय बेन्च प्रदान

Recent Comments

  1. A WordPress Commenter on Hello world!

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर