• ebarahadarpan
  • Sample Page
Sunday, January 11, 2026
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिको साधारण सभा सम्पन्न, दुई कर्मचारीलाई नगदसहित सम्मान

बराह दर्पण by बराह दर्पण
October 28, 2025
in Uncategorized
0
वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिको साधारण सभा सम्पन्न, दुई कर्मचारीलाई नगदसहित सम्मान
0
SHARES
Share on FacebookShare on Twitter

वराहक्षेत्र । वराहक्षेत्र नगरपालिका–१ स्थित धार्मिक तथा ऐतिहासिक महत्वको स्थल धर्तिको पहिलो तीर्थ वराहक्षेत्र मन्दिरको संरक्षण, प्रवर्द्धन तथा विकासका उद्देश्यले स्थापना गरिएको वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिको दोस्रो वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ।

मन्दिर परिसरस्थित प्रवचनालय हलमा सम्पन्न उक्त सभाको अध्यक्षता समितिका अध्यक्ष भक्तबहादुर श्रेष्ठले गरेका थिए। कार्यक्रममा समाजसेवी दिनेश अग्रवाल, जीवनकुमार अग्रवाल, वराहक्षेत्र आधारभूत विद्यालय व्यवस्थापन समिति अध्यक्ष सुजन भण्डारी, बिष्णुपादुका मन्दिर विकास समिति अध्यक्ष राजकुमार निरौला, वराहक्षेत्र मन्दिरका प्रधान पुजारी किरण भण्डारी, आदि वराह मन्दिरका संरक्षक तथा प्रसिद्ध पण्डित योगेश भण्डारी, साथै वराहक्षेत्र प्रहरी चौकीका इन्चार्ज प्रहरी सहायक निरीक्षक चित्रबहादुर बोगटी लगायत अतिथिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा अध्यक्ष भक्तबहादुर श्रेष्ठले समितिको वार्षिक प्रगति विवरणसहित आगामी योजना प्रस्तुत गरेका थिए। सो अवसरमा कोषाध्यक्ष रवि कुमार श्रेष्ठले आर्थिक वर्ष २०८१/०८२ को आय–व्यय विवरण प्रस्तुत गरेका थिए।

उनका अनुसार उक्त आर्थिक वर्षमा मन्दिर संरक्षण तथा व्यवस्थापन सहयोग रसिद, धार्मिक यज्ञ–अनुष्ठान सहयोग रसिद, पूजा–पाठ सहयोग रसिद, दानपेटी, भेटी, चामल बिक्री लगायतका स्रोतबाट जम्मा रु. १ करोड ५९ लाख ७१ हजार ७९९ आय भएको थियो। सो अवधिमा कार्यालय सञ्चालन, पुजीगत खर्च, फर्निचर तथा संगीत सामग्री खरिद, कर्मचारी तलब लगायत मद शीर्षकमा जम्मा रु. १ करोड १५ लाख ५ सय १६१ खर्च भएको र आर्थिक वर्षको अन्त्यमा रु. ४४ लाख ६६ हजार ६ सय ३८मौज्दात रहेको प्रतिवेदनमा उल्लेख छ।

कार्यक्रमका क्रममा कार्यालय सचिव गंगाबहादुर मगर र सरसफाइ कर्मचारी दलबहादुर तामाङलाई उत्कृष्ट कर्मचारीका रूपमा नगदसहित सम्मान गरिएको थियो।

सभामा उपाध्यक्ष राजु घिमिरेले स्वागत मन्तव्य राखेका थिए।

Previous Post

बराहक्षेत्र–५ बिशालचोक बाट ३४० किलो गाँजा सहित कार नियन्त्रणमा

Next Post

जिल्ला स्तरीय लोकनृत्य प्रतियोगितामा हिमशिखर प्रथम, बराह राइजिङ दोस्रो

Next Post
जिल्ला स्तरीय लोकनृत्य प्रतियोगितामा हिमशिखर प्रथम, बराह राइजिङ दोस्रो

जिल्ला स्तरीय लोकनृत्य प्रतियोगितामा हिमशिखर प्रथम, बराह राइजिङ दोस्रो

Recent Posts

  • प्राध्यापक संघ सप्तकोशी बहुमुखी क्याम्पसको सभापतिमा पुनः केशव पुरी निर्वाचित
  • बराहक्षेत्रबाट अवैध बालुवा उत्खनन गर्दै गरेका ५ ट्याक्टरसहित चालक नियन्त्रणमा बराहक्षेत्र, सुनसरी।
  • नडाहामा जंगली हात्तीको आक्रमणबाट दुई जना घाइते
  • चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीको नाफा करिब २करोड,अध्यक्षमा पुनः सीता भण्डारी पौडेल निर्वाचित
  • प्याब्सन वराहक्षेत्रद्वारा नगर अस्पताललाई २५ हजार रुपैयाँ बराबरको प्रतिक्षालय बेन्च प्रदान

Recent Comments

  1. A WordPress Commenter on Hello world!

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर