• ebarahadarpan
  • Sample Page
Tuesday, January 13, 2026
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

जिल्ला स्तरीय लोकनृत्य प्रतियोगितामा हिमशिखर प्रथम, बराह राइजिङ दोस्रो

बराह दर्पण by बराह दर्पण
December 23, 2025
in मुख्य समाचार, समाचार, स्थानीय समाचार
0
जिल्ला स्तरीय लोकनृत्य प्रतियोगितामा हिमशिखर प्रथम, बराह राइजिङ दोस्रो
0
SHARES
Share on FacebookShare on Twitter

जिल्ला स्तरीय लोकनृत्य प्रतियोगितामा हिमशिखर प्रथम, बराह राइजिङ दोस्र

वराह दर्पण/नडाहा
सुनसरी प्याब्सनद्वारा आयोजित जिल्ला स्तरीय लोकनृत्य प्रतियोगितामा माध्यमिक तहअन्तर्गत हिमशिखर इङ्लिस स्कुल, तरहराले प्रथम स्थान हासिल गरेको छ।

माध्यमिक तह र कक्षा १२ (+२) तह छुट्टाछुट्टै रूपमा सञ्चालन गरिएको प्रतियोगितामा +२ तहतर्फ सुनसरी किस्टल एकेडेमी प्रथम र नवयुग बोर्डिङ स्कुल दोस्रो भएको छ। +२ तहतर्फ दुई वटा विद्यालयले प्रतियोगितामा सहभागिता जनाएका थिए।

माध्यमिक तहतर्फ भने सुनसरीका विभिन्न स्थानीय तहबाट छनोट भई आएका १३ वटा विद्यालय सहभागी भएका थिए। जसमा हिमशिखर इङ्लिस स्कुल, इटहरी प्रथम हुँदा बराह राइजिङ स्टार इङ्लिस स्कुल, बराहक्षेत्र–२ चतराले दोस्रो स्थान हासिल गरेको हो। त्यस्तै, खनार सन साइन इङ्लिस स्कुल तेस्रो तथा इटहरीस्थित मकालु इङ्लिस बोर्डिङ स्कुलले सान्त्वना पुरस्कार प्राप्त गरेको छ।

माध्यमिक तहतर्फ प्रथम हुने विद्यालयले चाँदीको रनिङ शिल, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने अन्य विजेता विद्यालयहरूले ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन्। उक्त जानकारी प्याब्सन सुनसरीका अध्यक्ष थानेश्वर ढकालले दिनुभयो।

प्रतियोगितामा माध्यमिक तहतर्फ विजेता हिमशिखर इङ्लिस स्कुल बराह राइजिङ्ग स्टार इङलिस स्कुल र +२ तहतर्फ विजेता सुनसरी किस्टल एकेडेमी आगामी प्रदेश स्तरीय लोकनृत्य प्रतियोगितामा सहभागी हुनेछन्।

शनिबार इटहरीस्थित लायन्स क्लबको भवनमा सम्पन्न कार्यक्रम प्याब्सन केन्द्रीय उपाध्यक्ष टिकाराम ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा कोशी प्रदेश प्याब्सन अध्यक्ष सुमित थापा विशेष अतिथिका रूपमा उपस्थित थिए। कार्यक्रमको सभाध्यक्षता प्याब्सन सुनसरीका अध्यक्ष नेशन थानेश्वर ढकालले गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन संस्थाका सचिव दीपक कार्कीले पहिलो सत्र र वरिष्ठ उपाध्यक्ष विजय कुमार राईले दोस्रो सत्र सञ्चालन गर्नुभएको थियो।

Previous Post

वराहक्षेत्र मन्दिर गुठी व्यवस्थापन समितिको साधारण सभा सम्पन्न, दुई कर्मचारीलाई नगदसहित सम्मान

Next Post

बराहक्षेत्रमा प्रतिबन्धित लागू औषध तथा नियन्त्रित औषधीसहित दुई युवक नियन्त्रणमा

Next Post
बराहक्षेत्रमा प्रतिबन्धित लागू औषध तथा नियन्त्रित औषधीसहित दुई युवक नियन्त्रणमा

बराहक्षेत्रमा प्रतिबन्धित लागू औषध तथा नियन्त्रित औषधीसहित दुई युवक नियन्त्रणमा

Recent Posts

  • साना किसान कृषि सहकारीको २३औँ वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा पुनः खगेन्द्र भट्टराई निर्वाचित
  • प्राध्यापक संघ सप्तकोशी बहुमुखी क्याम्पसको सभापतिमा पुनः केशव पुरी निर्वाचित
  • बराहक्षेत्रबाट अवैध बालुवा उत्खनन गर्दै गरेका ५ ट्याक्टरसहित चालक नियन्त्रणमा बराहक्षेत्र, सुनसरी।
  • नडाहामा जंगली हात्तीको आक्रमणबाट दुई जना घाइते
  • चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीको नाफा करिब २करोड,अध्यक्षमा पुनः सीता भण्डारी पौडेल निर्वाचित

Recent Comments

  1. A WordPress Commenter on Hello world!

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर