• ebarahadarpan
  • Sample Page
Tuesday, January 27, 2026
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

बराहक्षेत्रमा प्रतिबन्धित लागू औषध तथा नियन्त्रित औषधीसहित दुई युवक नियन्त्रणमा

बराह दर्पण by बराह दर्पण
December 23, 2025
in मुख्य समाचार, समाचार, स्थानीय समाचार
0
बराहक्षेत्रमा प्रतिबन्धित लागू औषध तथा नियन्त्रित औषधीसहित दुई युवक नियन्त्रणमा
0
SHARES
Share on FacebookShare on Twitter

बराहक्षेत्र / जिल्ला सुनसरीको बराहक्षेत्र नगरपालिकामा प्रतिबन्धित लागू औषध तथा नियन्त्रित औषधीसहित दुई जना युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

२०८२ साल ०९ महिनाको ०७ गते राति करिब २१:३५ बजे बराहक्षेत्र नगरपालिका–११ बुधबारेस्थित प्रहरी चौकी मधुबन क्षेत्रबाट प्रहरी नायब निरीक्षक दिलबहादुर लिम्बुको कमाण्डमा खटिएको गस्ती टोलीले लौकहीबाट प्रकाशपुरतर्फ आउँदै गरेको एउटा साइकललाई शंकाको आधारमा चेकजाँच गरेको थियो।

चेकजाँचका क्रममा साइकलमा सवार बराहक्षेत्र नगरपालिका–८ का १९ वर्षीय अभिषेक आछामी र सोही स्थानका १९ वर्षीय रबिन सार्कीको साथबाट प्रतिबन्धित लागू औषध TRAMADOL HYDROCHLORIDE Capsules I.P. ६० पत्ता बराबर ६०० पिस क्याप्सुल बरामद गरिएको प्रहरीले जनाएको छ।

त्यस्तै उनीहरूको साथबाट नियन्त्रित औषध SPASPAIN २५ पत्ता बराबर २५० पिस ट्याब्लेट र Kaf-D Tab २ पत्ता बराबर २० पिस ट्याब्लेट समेत फेला परेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रमुख दिवस कुवरले जानकारी दिएका छन।

बरामद लागू औषध तथा औषधीसहित दुवै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा ल्याई आवश्यक अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।

Previous Post

जिल्ला स्तरीय लोकनृत्य प्रतियोगितामा हिमशिखर प्रथम, बराह राइजिङ दोस्रो

Next Post

१२ गाउँले परिवारद्वारा महेन्द्र माध्यमिक विद्यालयका ८० जना विद्यार्थीलाई न्यानो कपडा वितरण

Next Post
१२ गाउँले परिवारद्वारा महेन्द्र माध्यमिक विद्यालयका ८० जना विद्यार्थीलाई न्यानो कपडा वितरण

१२ गाउँले परिवारद्वारा महेन्द्र माध्यमिक विद्यालयका ८० जना विद्यार्थीलाई न्यानो कपडा वितरण

Recent Posts

  • कोशी प्रदेश स्तरीय लोकनृत्य प्रतियोगितामा एभरेस्ट ई. स्कुल प्रथम
  • लायन्स क्लब अफ इटहरी स्मार्ट सिटीद्वारा बृहत् निःशुल्क स्वास्थ्य शिविर, करिब एक हजार लाभान्वित
  • जिल्ला बचत सङ्घ सुनसरीको सञ्चालक सक्षमता विकास तालिम सम्पन्न
  • प्याब्सन कोशी प्रेसिडेन्ट कप रनिङ भलिबल २०८२ पुरुष तर्फ निधि स्कुल बिर्तामोड प्रथम
  • वराहक्षेत्रमा दोस्रो संस्करणको टि -20 क्रिकेट प्रतियोगिता भोलि देखि प्रथम पुरस्कर ५१ हजार

Recent Comments

  1. A WordPress Commenter on Hello world!

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर