• ebarahadarpan
  • Sample Page
Sunday, January 11, 2026
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

प्याब्सन वराहक्षेत्रद्वारा नगर अस्पताललाई २५ हजार रुपैयाँ बराबरको प्रतिक्षालय बेन्च प्रदान

बराह दर्पण by बराह दर्पण
January 8, 2026
in मुख्य समाचार, समाचार, स्थानीय समाचार
0
प्याब्सन वराहक्षेत्रद्वारा नगर अस्पताललाई २५ हजार रुपैयाँ बराबरको प्रतिक्षालय बेन्च प्रदान
0
SHARES
Share on FacebookShare on Twitter

प्याब्सन वराहक्षेत्रद्वारा नगर अस्पताललाई २५ हजार रुपैयाँ बराबरको प्रतिक्षालय बेन्च प्रदा
वराहक्षेत्र ।
निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) को ३५औँ स्थापना दिवसको अवसरमा प्याब्सन वराहक्षेत्र नगर कार्य समितिले वराहक्षेत्र नगर अस्पताललाई करिब २५ हजार रुपैयाँ बराबरका दुई थान बिरामी प्रतिक्षालय बेन्च प्रदान गरेको छ।

प्याब्सन वराहक्षेत्र नगर कार्य समितिका अध्यक्ष खेमराज राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगर अस्पताल व्यवस्थापन समिति उपाध्यक्ष तथा वराहक्षेत्र नगर उपप्रमुख नन्दकुमारी सुनुवार प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा अस्पताल निमित्त प्रमुख दिवस विष्ट, स्वास्थ्य शाखा प्रमुख डा. धनराज यादव तथा मेडिकल अधिकृत चिरञ्जीवी बस्नेतको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै प्याब्सन वराहक्षेत्र नगर कार्य समितिका अध्यक्ष खेमराज राईले प्याब्सनले स्थापना दिवसको अवसरमा हरेक वर्ष सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्य गर्दै आएको उल्लेख गर्नुभयो। सोही क्रममा यस वर्ष नगर अस्पतालको सेवा सुविधामा सहयोग पु¥याउने उद्देश्यले प्रतिक्षालय बेन्च प्रदान गरिएको उहाँले जानकारी दिनुभयो।
कार्यक्रमको सञ्चालन प्याब्सन वराहक्षेत्र नगर सचिव अभियोग राईले गर्नुभएको थियो।

Previous Post

वराहक्षेत्रको बोराबाधँ क्षेत्रमा सञ्चालित व्यवसायमा नगरपालिकाको अनुगमन, व्यवसायीलाई पर्यटकमैत्री बन्न निर्देशन

Next Post

चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीको नाफा करिब २करोड,अध्यक्षमा पुनः सीता भण्डारी पौडेल निर्वाचित

Next Post
चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीको नाफा करिब २करोड,अध्यक्षमा पुनः सीता भण्डारी पौडेल निर्वाचित

चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीको नाफा करिब २करोड,अध्यक्षमा पुनः सीता भण्डारी पौडेल निर्वाचित

Recent Posts

  • प्राध्यापक संघ सप्तकोशी बहुमुखी क्याम्पसको सभापतिमा पुनः केशव पुरी निर्वाचित
  • बराहक्षेत्रबाट अवैध बालुवा उत्खनन गर्दै गरेका ५ ट्याक्टरसहित चालक नियन्त्रणमा बराहक्षेत्र, सुनसरी।
  • नडाहामा जंगली हात्तीको आक्रमणबाट दुई जना घाइते
  • चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीको नाफा करिब २करोड,अध्यक्षमा पुनः सीता भण्डारी पौडेल निर्वाचित
  • प्याब्सन वराहक्षेत्रद्वारा नगर अस्पताललाई २५ हजार रुपैयाँ बराबरको प्रतिक्षालय बेन्च प्रदान

Recent Comments

  1. A WordPress Commenter on Hello world!

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर