प्राध्यापक संघ सप्तकोशी बहुमुखी क्याम्पसको सभापतिमा पुनः केशव पुरी निर्वाचि
वराह दर्पण / नडाहा
त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सप्तकोशी बहुमुखी क्याम्पस, बराहक्षेत्र–७ मा क्रियाशील पब्लिक क्याम्पस प्राध्यापक संघ नेपालको तेस्रो इकाई अधिवेशनबाट केशव पुरी पुनः सभापतिमा निर्वाचित हुनुभएको छ।
सभापति पदका लागि केशव पुरी र दिवस बिष्टबीच प्रतिस्पर्धा भएको निर्वाचनमा पुरीले १३ मत प्राप्त गर्दा बिष्टले १२ मत प्राप्त गरेका थिए। एक मतको अन्तरले पुरी दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित हुनुभएको हो।
यसैगरी सचिव पदमा राजन इसार र उमेश खत्रीबीच प्रतिस्पर्धा भएकोमा राजन इसारले १३ मत प्राप्त गरी एक मतको अन्तरले खत्रीलाई पराजित गर्नुभएको छ। अन्य पदहरूमा भने सर्वसम्मत चयन भएको नवनिर्वाचित सभापति पुरीले जानकारी दिनुभयो।
नव निर्वाचित कार्यसमितिमा सभापति: केशव पुरी
,सचिव: राजन इसार,कोषाध्यक्ष: दीपक श्रेष्ठ
सदस्य: लक्ष्मीप्रसाद गड्तौला,सदस्य: नवीन भण्डारी
,सदस्य: धनकुमार लिम्बु,सदस्य: पुष्प रिजाल गरि ७ समिति गठन भएको क्याम्पस प्रमुख सुशील कोइरालाले बताए ।
क्याम्पसमा कार्यरत जम्मा २५ जना प्राध्यापक रहेकोमा निर्वाचनमा सबै २५ मत खसेको थियो।
नव निर्वाचित कार्यसमितिले क्याम्पसको शैक्षिक गुणस्तर अभिवृद्धि, प्राध्यापकहरूको हक–हित संरक्षण तथा संस्थागत विकासमा सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेको छ।




