• ebarahadarpan
  • Sample Page
Thursday, February 5, 2026
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

वराहक्षेत्रमा दोस्रो संस्करणको टि -20 क्रिकेट प्रतियोगिता भोलि देखि प्रथम पुरस्कर ५१ हजार

बराह दर्पण by बराह दर्पण
January 13, 2026
in खेलकुद, समाचार, स्थानीय समाचार
0
वराहक्षेत्रमा दोस्रो संस्करणको टि -20 क्रिकेट प्रतियोगिता भोलि देखि प्रथम पुरस्कर ५१ हजार
0
SHARES
Share on FacebookShare on Twitter

वराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिकामा दोस्रो संस्करणको वराहक्षेत्रमा टि -20 क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ ।

वराहक्षेत्र क्रिकेट क्लबको आयोजनामा उक्त दोस्रो संस्करणको वराहक्षेत्र टि क्रिकेट प्रतियोगिता भोलि बुधवारबाट सुरु हुनेछ ।

वराहक्षेत्र नगरपालिका वडा नं २ तेह्र आरडि स्थित खेलमैदानमा पौष ३० गतेदेखि माघ ५ गते सम्म सञ्चालन हुने आयोजक क्लबका अध्यक्ष कमल प्रसाद रौनियारले बताए ।

प्रतियोगिताको बारे मङलवार आयोजक क्लबले पत्रकार सम्मेलन गर्दै जानकारी दिएको छ । आयोजक क्लबका अध्यक्ष कमल प्रसाद रौनियारको सभाध्यक्षमा आयोजना भएको पत्रकार सम्मेलनमा क्रिकेट संघ सुनसरीका अध्यक्ष सिपि पौडेलको समेत सहभागिता रहेको थियो ।

साढे ६ लाख अनुमानित गरिएको प्रतियोगितामा प्रथम पुरस्कार नगद ५१ हजार सहित ट्रफि र प्रमाण पत्र र दोस्रो पुरस्कार नगद ३१ हजार सहित ट्रफि र प्रमाण पत्र रहेको छ । खेलमा दैनिक म्यान अफ द म्याच र बिधागत उत्कृष्ट तथा सर्बउत्कृष्ट खेलाडीलाई नगद सहित ट्रफि प्राप्त गर्नेछन् । खेल आइसिसिको नियम अनुसार हुनेछ ।

प्रतियोगितामा आयोजक बराहक्षेत्र क्रिकेट क्लब सहित सुन्दर हरैचा मोरङ्ग , मिल्स क्रिकेट बिराटनगर , ए।एस। स्पोट विराटनगर , इटहरी आदर्श जाईन्ट्स , फुलबारी क्रिकेट क्लब इनरुवा ,तरहरा क्रिकेट इटहरी र युनाईटेड धरानले सहभागिता जनाउने आयोजक क्लबका सचिव धनाहाङ्ग सब्बाले बताए ।

वराहक्षेत्र नगपालिकामा पहिलो पटक गत वर्षबाट सुरु भएको प्रतियोगिताको नारा नेपालीको शान , खेलाडी उत्पादन गर्ने हाम्रो अभियान रहेको छ ।

Previous Post

प्याब्सन सुनसरीको दोस्रो जिल्ला परिषद भेला सम्पन्न ३ विद्यार्थी सम्मानित

Next Post

प्याब्सन कोशी प्रेसिडेन्ट कप रनिङ भलिबल २०८२ पुरुष तर्फ निधि स्कुल बिर्तामोड प्रथम

Next Post
प्याब्सन कोशी प्रेसिडेन्ट कप रनिङ भलिबल २०८२ पुरुष तर्फ निधि स्कुल बिर्तामोड प्रथम

प्याब्सन कोशी प्रेसिडेन्ट कप रनिङ भलिबल २०८२ पुरुष तर्फ निधि स्कुल बिर्तामोड प्रथम

Recent Posts

  • जलपा आधारभूत विद्यालयको २८औँ वार्षिक उत्सव तथा खेल सप्ताह सम्पन्न
  • ७औँ सुदेश सुब्बा मेमोरियल हिमशिखर कप २०८२ को उपाधि मुनबिम एकेडेमीलाई
  • कोशी प्रदेश स्तरीय लोकनृत्य प्रतियोगितामा एभरेस्ट ई. स्कुल प्रथम
  • लायन्स क्लब अफ इटहरी स्मार्ट सिटीद्वारा बृहत् निःशुल्क स्वास्थ्य शिविर, करिब एक हजार लाभान्वित
  • जिल्ला बचत सङ्घ सुनसरीको सञ्चालक सक्षमता विकास तालिम सम्पन्न

Recent Comments

  1. A WordPress Commenter on Hello world!

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर