• ebarahadarpan
  • Sample Page
Thursday, January 29, 2026
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

जिल्ला बचत सङ्घ सुनसरीको सञ्चालक सक्षमता विकास तालिम सम्पन्न

बराह दर्पण by बराह दर्पण
January 18, 2026
in Uncategorized
0
जिल्ला बचत सङ्घ सुनसरीको सञ्चालक सक्षमता विकास तालिम सम्पन्न
0
SHARES
Share on FacebookShare on Twitter

जिल्ला बचत सङ्घ सुनसरीको सञ्चालक सक्षमता विकास तालिम सम्पन्न

जिल्ला बचत सङ्घ सुनसरीको आयोजनामा २ दिवसीय सञ्चालक सक्षमता विकास तालिम सम्पन्न भएको छ ।

सङ्घको १८ औं वार्षिक साधारणसभाबाट आगामी ४ बर्षे कार्यकालका लागि सर्वसम्मत निर्वाचित सञ्चालक समिति तथा लेखा सुपरीवेक्षण समिति र सञ्चालक समितिले गठन गरेको शिक्षा तथा तालिम उप–समितिका सञ्चालक तथा सदस्यहरुलाई प्रशिक्षित गर्ने उद्देश्यकले सङ्घको स्वीकृत कार्ययोजना बमोजिम माघ २ र ३ गते सञ्चालक सक्षमता विकास तालिम आयोजना गरिएको हो । तालिममा सञ्चालक समिति,लेखा सुपरीवेक्षण समिति तथा शिक्षा तथा तालिम र ऋण उप–समितिबाट १६ जनाको सहभागिता रहेको थियो ।

राष्ट्रिय सहकारी महासङ्घ लिको सहजीकरण तथा राष्ट्रिय सहकारी बैङ्क लिको निःशुल्क प्राविधिक सहयोगमा बैङ्कका सदस्य सेवा महाशाखाका अधिकृत मनोज लामिछानेले तालिममा मुख्य सहजीकरण गर्नुभएको थियो । सहकारी ऐनमा भएको परिवर्तित व्यवस्थामा सञ्चालक समिति तथा विभिन्न उप–समितिको काम,कर्तव्य र अधिकारका साथै सञ्चालकहरुको भुमिका तथा आचरणका विषयमा सञ्चालकको क्षमता अभिवृद्धि गर्ने उद्देश्य तालिमको रहेको नवनिर्वाचित अध्यक्ष गोमाकुमारी गिरी खड्काले बताईन ।

तालिम पश्चात प्रमाण पत्र वितरण तथा समापन समारोहमा बोल्दै प्रमुख अतिथि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ लि (नेफ्स्कून)का सञ्चालक सदस्य शालिकराम ढकालले उच्च स्तरका यस प्रकारका तालिमले परिवर्तित ऐनका व्यवस्था तथा नियामकीय मापदण्ड अनुसार सङ्घलाई गतिशिल बनाउन मदत मिल्ने र भविष्यमा समेत सङ्घको शिक्षा तथा तालिममा आफ्नो तर्फबाट सक्दो सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।

तालिम समापन गर्दै अध्यक्ष गोमाकुमारी गिरी खड्काले परिवर्तित सहकारी ऐनमा भएको व्यवस्था र नियामकीय मापदण्ड तथा निर्देशनहरुको अधिनमा सङ्घको १८ औं वार्षिक साधारणसभाबाट स्वीकृत कार्ययोजना कार्यक्रम अघि बढाउन तालिम अत्यन्त फलदायी भएकाले आगामी दिनहरुमा ढिलाई नगरी सबै सञ्चालकहरुले एकढिक्का भई सङ्घको लक्ष्य हाँसिल गर्न लागिपर्ने प्रतिबद्धता व्यक्त गरिन ।

उक्त समारोहमा नवगठित उप–समितिका संयोजकहरुलाई अध्यक्ष गिरीले सङ्घको विनियममा भएको व्यवस्था बमोजिम कार्यविवरण प्रदान गरी लक्ष्य हाँसिल गर्न आवश्यक कार्य गर्न निर्देशित समेत गरेकी छन् ।

Previous Post

प्याब्सन कोशी प्रेसिडेन्ट कप रनिङ भलिबल २०८२ पुरुष तर्फ निधि स्कुल बिर्तामोड प्रथम

Next Post

लायन्स क्लब अफ इटहरी स्मार्ट सिटीद्वारा बृहत् निःशुल्क स्वास्थ्य शिविर, करिब एक हजार लाभान्वित

Next Post
लायन्स क्लब अफ इटहरी स्मार्ट सिटीद्वारा बृहत् निःशुल्क स्वास्थ्य शिविर, करिब एक हजार लाभान्वित

लायन्स क्लब अफ इटहरी स्मार्ट सिटीद्वारा बृहत् निःशुल्क स्वास्थ्य शिविर, करिब एक हजार लाभान्वित

Recent Posts

  • कोशी प्रदेश स्तरीय लोकनृत्य प्रतियोगितामा एभरेस्ट ई. स्कुल प्रथम
  • लायन्स क्लब अफ इटहरी स्मार्ट सिटीद्वारा बृहत् निःशुल्क स्वास्थ्य शिविर, करिब एक हजार लाभान्वित
  • जिल्ला बचत सङ्घ सुनसरीको सञ्चालक सक्षमता विकास तालिम सम्पन्न
  • प्याब्सन कोशी प्रेसिडेन्ट कप रनिङ भलिबल २०८२ पुरुष तर्फ निधि स्कुल बिर्तामोड प्रथम
  • वराहक्षेत्रमा दोस्रो संस्करणको टि -20 क्रिकेट प्रतियोगिता भोलि देखि प्रथम पुरस्कर ५१ हजार

Recent Comments

  1. A WordPress Commenter on Hello world!

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर