• ebarahadarpan
  • Sample Page
Saturday, January 31, 2026
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

लायन्स क्लब अफ इटहरी स्मार्ट सिटीद्वारा बृहत् निःशुल्क स्वास्थ्य शिविर, करिब एक हजार लाभान्वित

बराह दर्पण by बराह दर्पण
January 19, 2026
in समाचार, स्थानीय समाचार
0
लायन्स क्लब अफ इटहरी स्मार्ट सिटीद्वारा बृहत् निःशुल्क स्वास्थ्य शिविर, करिब एक हजार लाभान्वित
0
SHARES
Share on FacebookShare on Twitter

लायन्स क्लब अफ इटहरी स्मार्ट सिटीद्वारा बृहत् निःशुल्क स्वास्थ्य शिविर, करिब एक हजार लाभान्वित

इटहरी / नडाहा
लायन्स इन्टरनेशनल डिस्ट्रिक्ट ३२५–सी अन्तर्गत लायन्स क्लब अफ इटहरी स्मार्ट सिटी को आयोजनामा सम्पन्न बृहत् निःशुल्क स्वास्थ्य शिविर अत्यन्तै भव्य, सभ्य तथा सफल रूपमा सम्पन्न भएको छ ।

क्लब अध्यक्ष रञ्जना शर्माको अध्यक्षता तथा इटहरी उपमहानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष भीष्मकुमार घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त शिविरमा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा पूर्व अन्तर्राष्ट्रिय अध्यक्ष (आईपीडिजी) विकास अधिकारी तथा एलसिआइएफ डिस्ट्रिक्ट को–अर्डिनेटर थानेश्वर नेल्सन ढकाल, नोबेल मेडिकल कलेज टिचिङ हस्पिटलका बजार व्यवस्थापक नवीन दाहाल, ट्रेनिङ पुल प्रमुख दुर्गा पौडेल, असाइन एरिया को–अर्डिनेटर गणेश ओली, एरिया को–अर्डिनेटर टंक फुयाल, रिजन चेयरपर्सन भूपराज पुरी, असाइन जोन भूपाल भट्टराई, जोन चेयरपर्सन नारायण सुवेदी, लियो उप–जिल्ला अध्यक्ष सुजन घिमिरे, महिला जागरण नेपाल इटहरीकी अध्यक्ष सुस्मिता नेपाल, वर्तमान अध्यक्ष कमला अधिकारी लगायत अन्य लायन्स तथा लियो लिडर, सदस्यहरू र क्लब पदाधिकारीहरूको गरिमामय उपस्थिति रहेको थियो ।

इटहरीस्थित मकालु इङ्लिस बोर्डिङ स्कुल परिसरमा २०८२ माघ ५ गते बिहान १० बजेदेखि सञ्चालन गरिएको शिविरमा जनरल मेडिसिन, प्रसूति तथा स्त्री रोग, हाड–जोर्नी तथा नसारोग, नाक–कान–घाँटी रोग, दन्त परीक्षण, रेडियोलोजी (एक्स–रे), छाला रोग, मुटु परीक्षण (इसीजी), आँखा परीक्षण, प्रयोगशाला (ल्याब) रगत तथा पिसाब जाँच, बाल रोग विशेषज्ञ सेवा तथा सामान्य शल्यक्रिया (माइनर ओटी) लगायतका सेवा निःशुल्क रूपमा प्रदान गरिएको थियो ।

शिविरबाट करिब एक हजार जनाले स्वास्थ्य सेवा लिएको क्लब अध्यक्ष रञ्जना शर्माले जानकारी दिइन् । उनका अनुसार समुदायमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले यस्तो शिविर आयोजना गरिएको हो ।

शिविर सफलतापूर्वक सम्पन्न गर्न इटहरी उपमहानगरपालिका वडा नं. ५ को वडा कार्यालयले महत्वपूर्ण सहयोग गरेकोमा आयोजकले विशेष आभार व्यक्त गरेका छन । साथै, प्राविधिक तथा चिकित्सकीय सहयोग प्रदान गर्ने नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल, विराटनगरप्रति हार्दिक धन्यवाद ज्ञापन व्यक्त गरेका थिए ।

शिविरलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउनुहुने सम्पूर्ण चिकित्सक, स्वास्थ्यकर्मी, स्वयंसेवक, लायन्स तथा लियो सदस्यहरू र सहयोगी संस्थाप्रति आयोजकले कृतज्ञता व्यक्त गर्दै समुदायको स्वास्थ्य सेवामा समर्पित यस्ता सामाजिक कार्यक्रमहरूले समाजप्रतिको उत्तरदायित्वलाई थप सुदृढ बनाएको उल्लेख गर्दै लायन्स क्लब अफ इटहरी स्मार्ट सिटीले आगामी दिनमा पनि यस्ता मानवीय कार्यक्रमलाई निरन्तरता दिने अध्यक्ष शर्मा प्रतिबद्धता व्यक्त गरेकी हुन ।

Previous Post

जिल्ला बचत सङ्घ सुनसरीको सञ्चालक सक्षमता विकास तालिम सम्पन्न

Next Post

कोशी प्रदेश स्तरीय लोकनृत्य प्रतियोगितामा एभरेस्ट ई. स्कुल प्रथम

Next Post
कोशी प्रदेश स्तरीय लोकनृत्य प्रतियोगितामा एभरेस्ट ई. स्कुल प्रथम

कोशी प्रदेश स्तरीय लोकनृत्य प्रतियोगितामा एभरेस्ट ई. स्कुल प्रथम

Recent Posts

  • ७औँ सुदेश सुब्बा मेमोरियल हिमशिखर कप २०८२ को उपाधि मुनबिम एकेडेमीलाई
  • कोशी प्रदेश स्तरीय लोकनृत्य प्रतियोगितामा एभरेस्ट ई. स्कुल प्रथम
  • लायन्स क्लब अफ इटहरी स्मार्ट सिटीद्वारा बृहत् निःशुल्क स्वास्थ्य शिविर, करिब एक हजार लाभान्वित
  • जिल्ला बचत सङ्घ सुनसरीको सञ्चालक सक्षमता विकास तालिम सम्पन्न
  • प्याब्सन कोशी प्रेसिडेन्ट कप रनिङ भलिबल २०८२ पुरुष तर्फ निधि स्कुल बिर्तामोड प्रथम

Recent Comments

  1. A WordPress Commenter on Hello world!

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर