• ebarahadarpan
  • Sample Page
Sunday, January 11, 2026
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

बराहक्षेत्रको १६औं नगरसभा सम्पन्न: १ अर्ब ६ लाखको बजेट सार्वजनिक

बराह दर्पण by बराह दर्पण
June 23, 2025
in मुख्य समाचार, समाचार
0
बराहक्षेत्रको १६औं नगरसभा सम्पन्न: १ अर्ब ६ लाखको बजेट सार्वजनिक
0
SHARES
Share on FacebookShare on Twitter

सुनसरीको बराहक्षेत्र नगरपालिकाले आव २०८२-८३ का लागि १ अर्ब ६ लाख ९५ हजार ३ सय ७९ रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

१६औं नगर सभामा आगामी आवका लागि बजेट प्रस्तुत गर्दै उपप्रमुख नन्दकुमारी सुनुवारले ११ वटा वडा रहेको नगरमा ८० लाख रुपैयाँको सिलिङ बजेट तोकिएको बताइन् । यस्तै नगरतर्फको पुँजीगत बजेट २० करोड ९१ लाख ३९ हजार ३ सय ७९ रुपैयाँ रहेको छ । नगरको चालु खर्च भने १५ करोड ८८ लाख रुपैयाँ रहेको छ ।

आन्तरिक आय लगातार अधोगतितर्फ गइरहेको नगरपालिकाले आगामी आवका लागि ७ करोड ३६ लाख ५१ हजार रुपैयाँ आन्तरिक आय उठाउने अनुमान गरेको छ ।

आव २०७७-७८ मा १५ करोड ५१ लाख रहेको आन्तरिक आय आव २०७८-७९ मा २६ करोड ५८ लाख पुगेको थियो । त्यसदेखि यता आन्तरिक आय लगातार घट्दै गइरहेको छ । आव २०७९-८० मा आइपुग्दा ९ करोडमा घटेको आन्तरिक आय २०८०-८१ मा ६ करोड ३५ लाखमा झरेको थियो ।

२०८१-८२ मा ४ करोड ३० लाख १५ हजार १ सय ११ रुपैयाँ मात्र यथार्थ आम्दानी गर्न सकेको छ । नगरले चालू आवमा ७ करोड ३५ लाख रुपैयाँ राजस्व उठाउने प्रक्षेपण गरिएकामा ५८.५२ प्रतिशत मात्र राजस्व प्राप्त गरेको हो ।

नगरपालिकाले चालु तथा पुँजीगत गरी ४७ करोड १ लाख रुपैयाँ संघीय सशर्त अनुदान प्राप्त गरेको छ । संघबाट ७५ लाख रुपैयाँ विशेष अनुदान पाएको बराहक्षेत्रले ३ करोड ४१ लाख रुपैयाँ समपूरक अनुदान प्राप्त गरेको छ । संघबाट १९ करोड ३४ लाख रुपैयाँ वित्तीय समानीकरण अनुदान पाएको छ भने राजस्व बाँडफाँडअन्तर्गत १५ करोड ९४ लाख ५७ हजार ३ सय ७९ रुपैयाँ प्राप्त गरेको छ ।

प्रदेश अनुदानअन्तर्गत वित्तीय समानीकरण शीर्षकमा १ करोड ८२ लाख ५० हजार रुपैयाँ, सशर्त अनुदान २ करोड ३० लाख ५६ हजार रुपैयाँ, समपूरक अनुदान १ करोड रुपैयाँ र राजस्व बाँडफाँडअन्तर्गत १ करोड ११ लाख ८१ हजार रुपैयाँ प्राप्त गरेको छ ।

संघ तथा प्रदेशबाट चालु आवमा ७२ करोड ७८ लाख ४३ हजार २ सय ५६ रुपैयाँ प्राप्त गरेको यथार्थ आयको ७९।८२ प्रतिशत खर्च भएको बताइन् ।
बराहक्षेत्रको १६औं नगर सभा बजेट १ अर्ब बढी, कृषिलाई पर्यटनसँग जोड्ने

Previous Post

बराहक्षेत्रमा कुटपिटबाट एक महिलाको मृत्यु, श्रीमान प्रहरीको नियन्त्रणमा

Next Post

भरौलबाट ७५ केजी लागू औषध गाँजा, अटोसहित चौधरी नियन्त्रणमा

Recent Posts

  • बराहक्षेत्रबाट अवैध बालुवा उत्खनन गर्दै गरेका ५ ट्याक्टरसहित चालक नियन्त्रणमा बराहक्षेत्र, सुनसरी।
  • नडाहामा जंगली हात्तीको आक्रमणबाट दुई जना घाइते
  • चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीको नाफा करिब २करोड,अध्यक्षमा पुनः सीता भण्डारी पौडेल निर्वाचित
  • प्याब्सन वराहक्षेत्रद्वारा नगर अस्पताललाई २५ हजार रुपैयाँ बराबरको प्रतिक्षालय बेन्च प्रदान
  • वराहक्षेत्रको बोराबाधँ क्षेत्रमा सञ्चालित व्यवसायमा नगरपालिकाको अनुगमन, व्यवसायीलाई पर्यटकमैत्री बन्न निर्देशन

Recent Comments

  1. A WordPress Commenter on Hello world!

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर