बराहक्षेत्र नगरपालिका–१, चतरा–बराहक्षेत्र भीत्री सडकखण्डमा सोमबार दिउँसो ढुंगा खस्दा मोटरसाइकल चालकको मृत्यु भएको छ।
२०८२ साउन ३० गते करिब साँझ ४:३५ बजे बराहक्षेत्र मन्दिर दर्शन गरेर फर्किँदै गरेका यात्रु सवार स १० प ७९२१ नम्बरको मोटरसाइकलमा पहाडको भिरबाट अचानक खसेको ढुंगा लाग्दा चालकको घटनास्थलमै मृत्यु भएको हो।
मृतक मोटरसाइकल चालक सप्तरी जिल्ला, बोधेबर्साइन नगरपालिका–४ निवासी ३० वर्षीय जिवन साह रहेका छन्। मोटरसाइकलको पछाडि सवार सप्तरी जिल्ला, खड्ग नगरपालिका–११, बनौली निवासी ३० वर्षीय धर्मेन्द्र कुमार साह भने सकुशल रहेका छन्।
घटनापछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दिवस कुँवरको कमाण्डमा ९ जनाको टोली खटिएको थियो। प्रारम्भिक अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गरी मृतकको शव पोष्टमार्टमका लागि वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको प्रहरीले जनाएको छ।




