• ebarahadarpan
  • Sample Page
Monday, January 12, 2026
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

जिल्ला बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिको अध्यक्ष गोमा गिरि सर्वसम्मत चयन

बराह दर्पण by बराह दर्पण
December 31, 2025
in मुख्य समाचार, समाचार
0
जिल्ला बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिको अध्यक्ष गोमा गिरि सर्वसम्मत चयन
0
SHARES
Share on FacebookShare on Twitter

जिल्ला बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिको अध्यक्ष गोमा गिरि सर्वसम्मत चय

बराहक्षेत्र/ नडाहा
जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड, सुनसरीअन्तर्गत सञ्चालनमा रहेका बचत तथा ऋण सहकारी संस्थाहरूको १८औँ वार्षिक साधारणसभा आज बुधबार सम्पन्न भएको छ।

संस्थाको सभा हलमाभएको तथा सोही अवसरमा सम्पन्न निर्वाचनबाट सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरू सर्वसम्मत रूपमा चयन भएका छन्।

निर्वाचन उपसमितिले साधारणसभामा नामावली सार्बजनिक गरेका छन । जसमा सञ्चालक समितिको अध्यक्ष पदमा किसान कल्याण बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट प्रतिनिधित्व गर्दै गोमाकुमारी गिरी खड्का चयन हुनुभएको छ।

यस्तै, उपाध्यक्ष पदमा मेरो बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रतिनिधि उद्धव बहादुर लिम्बु चयन हुनुभएको छ। सचिव पदमा उद्यम बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रतिनिधि मिलन त्रिताल चयन हुनुभएको छ भने कोषाध्यक्ष पदमा मातृशिशु महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रतिनिधि भिममाया लिम्बु चयन हुनुभएको छ।

जसमा सञ्चालक समितिका सदस्यहरूमा सहयोगी बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट मदन कुमार चौधरी,प्रगति बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट दयानन्द चौधरी,लाटीदेवी बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट कृष्ण घिमिरे,
तरहरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट विमला भुजेल,पिपलवोटे बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट बद्री कुमार बुढाथोकी चयन हुनुभएको छ।

यसैगरी, लेखा सुपरिवेक्षण समितिको संयोजक पदमा देवा बचत तथा ऋण सहकारी संस्था लिमिटेडका प्रतिनिधि ईश्वरी प्रसाद पराजुली चयन हुनुभएको छ।
लेखा सुपरिवेक्षण समितिका सदस्यहरूमा
शंकर बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट उमर बल्लभ भण्डारी, सौगिनी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट श्री कलावती देवी दुलाल चयन हुनुभएको निर्वाचन उपसमितिले जनाएको छ।

निर्वाचन प्रक्रिया निर्वाचन कार्यविधिअनुसार सम्पन्न भएको र सबै पदमा सर्वसम्मत चयन भएको निर्वाचन उपसमितिका संयोजक हरिबहादुर खत्रीले जानकारी दिनुभएको छ।

जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेड इटहरी सुनसरीको १८ औं वार्षिक साधारणसभा सम्म आइपुग्दा सुनसरी भरिका २ सय ९१ वटा सहकारी संस्था सदस्यीय रहेको संस्थामा सेयर पुजि ५४ लाख ३८ हजार ५ सय रहेको छ। बचत निक्षेप ४ करोड ६१ लाख ६ हजार ९ सय ७३ रुपैया ऋण लगानी ४ करोड ५४ लाख ५९ हजार ५८ रुपैया कुल सम्पत्ति ५ करोड ६८ लाख ७७ हजार ५ सय ५२ रुपैया रहेको कोषाध्यक्ष मिलन त्रितालले बताए ।

कार्यक्रममा योगमाया सुवेदीको अध्यक्षता र राष्ट्रिय सहकारी महासङ्घ लिमिटेडका कार्यवाहक अध्यक्ष रमेश प्रसाद पोखरेलको प्रमुख आतिथ्यता रहेका थिए भने कार्यक्रम संचालन संस्थाकि सचिब गोमा गिरिले गरेकी थिन।

Previous Post

१२ गाउँले परिवारद्वारा महेन्द्र माध्यमिक विद्यालयका ८० जना विद्यार्थीलाई न्यानो कपडा वितरण

Next Post

वराहक्षेत्रको बोराबाधँ क्षेत्रमा सञ्चालित व्यवसायमा नगरपालिकाको अनुगमन, व्यवसायीलाई पर्यटकमैत्री बन्न निर्देशन

Next Post
वराहक्षेत्रको बोराबाधँ क्षेत्रमा सञ्चालित व्यवसायमा नगरपालिकाको अनुगमन, व्यवसायीलाई पर्यटकमैत्री बन्न निर्देशन

वराहक्षेत्रको बोराबाधँ क्षेत्रमा सञ्चालित व्यवसायमा नगरपालिकाको अनुगमन, व्यवसायीलाई पर्यटकमैत्री बन्न निर्देशन

Recent Posts

  • प्राध्यापक संघ सप्तकोशी बहुमुखी क्याम्पसको सभापतिमा पुनः केशव पुरी निर्वाचित
  • बराहक्षेत्रबाट अवैध बालुवा उत्खनन गर्दै गरेका ५ ट्याक्टरसहित चालक नियन्त्रणमा बराहक्षेत्र, सुनसरी।
  • नडाहामा जंगली हात्तीको आक्रमणबाट दुई जना घाइते
  • चतरा सामुदायिक बहुउद्देश्यीय सहकारीको नाफा करिब २करोड,अध्यक्षमा पुनः सीता भण्डारी पौडेल निर्वाचित
  • प्याब्सन वराहक्षेत्रद्वारा नगर अस्पताललाई २५ हजार रुपैयाँ बराबरको प्रतिक्षालय बेन्च प्रदान

Recent Comments

  1. A WordPress Commenter on Hello world!

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर