• ebarahadarpan
  • Sample Page
Sunday, April 12, 2026
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

१२ गाउँले परिवारद्वारा महेन्द्र माध्यमिक विद्यालयका ८० जना विद्यार्थीलाई न्यानो कपडा वितरण

बराह दर्पण by बराह दर्पण
December 25, 2025
in समाचार, स्थानीय समाचार
0
१२ गाउँले परिवारद्वारा महेन्द्र माध्यमिक विद्यालयका ८० जना विद्यार्थीलाई न्यानो कपडा वितरण
0
SHARES
Share on FacebookShare on Twitter

सुनसरीको बराहक्षेत्र नगरपालिका–३ स्थित महेन्द्र माध्यमिक विद्यालयमा अध्ययनरत बालविकासदेखि कक्षा ५ सम्मका ८० जना विद्यार्थीहरूलाई १२ गाउँले परिवारले बुधबार ९ गते न्यानो कपडा (ट्र्याकसुट) वितरण गरेको छ।

कार्यक्रम संयोजक नवीन पाण्डेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा १२ गाउँले परिवारका अध्यक्ष मनिष गौतम, वरिष्ठ सल्लाहकार अमित गौतम, विद्यालयका प्रधानाध्यापक विदुर भट्टराई,साथै १२ गाउँले परिवारका पदाधिकारी, सदस्यहरू तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय उपस्थितिमा उक्त न्यानो कपडा वितरण गरेको अध्यक्ष मनिष गौतमले बताए ।

कार्यक्रममा बोल्दै १२ गाउँले परिवारका अध्यक्ष मनिष गौतमले देउसी–भैलो खेली संकलन गरिएको रकम तथा विदेशमा रहनु भएका नेपालीहरुको सहयोगी मनहरूबाट प्राप्त आर्थिक सहयोगका कारण यस्तो सामाजिक कार्य सम्भव भएको बताउनुभयो।

उहाँले संस्थाले यसअघि पनि रक्तदान कार्यक्रम, आँखा शिविर लगायतका विभिन्न सामाजिक कार्यहरू निरन्तर रूपमा गर्दै आइरहेको उल्लेख गर्नुभयो।

त्यसैगरी कार्यक्रम संयोजक नवीन पाण्डेले सामुदायिक विद्यालयमा अध्ययनरत कलिला विद्यार्थीहरूलाई पौष महिनाको कठ्याङ्ग्रिदो जाडोमा न्यानो प्रदान गर्नुका साथै उनीहरूका परिवारलाई समेत केही राहत मिलोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।

Previous Post

बराहक्षेत्रमा प्रतिबन्धित लागू औषध तथा नियन्त्रित औषधीसहित दुई युवक नियन्त्रणमा

Next Post

जिल्ला बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिको अध्यक्ष गोमा गिरि सर्वसम्मत चयन

Next Post
जिल्ला बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिको अध्यक्ष गोमा गिरि सर्वसम्मत चयन

जिल्ला बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिको अध्यक्ष गोमा गिरि सर्वसम्मत चयन

Recent Posts

  • भरोसा एजुकेशन कन्सल्टेन्सीद्वारा जापान जाने विद्यार्थीहरूको भव्य बिदाइ
  • सिआइबीमा सिन्डिकेट, प्रमुख केसीको ध्याउन्न आर्थिक मुद्दामै केन्द्रीत
  • ६९औँ राष्ट्रिय सहकारी दिवस: चतरा सामुदायिकका व्यवस्थापक बाबुराम खत्री सम्मानित
  • आइजीपी हटाउने चलखेल कि ‘आयुक्त सुरक्षित’ गर्ने खेल ? एआइजी मनोज केसीमाथि गम्भीर आरोप
  • पेस्तोल, गोली र ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

Recent Comments

  1. A WordPress Commenter on Hello world!

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर