इटहरी । भरोसा एजुकेशन कन्सल्टेन्सीले भाषा अध्ययन पूरा गरी जापान जान लागेका विद्यार्थीहरूलाई सम्मानसहित बिदाइ गरेको छ। कन्सल्टेन्सीमार्फत जापानका लागि आवेदन दिएका सबै विद्यार्थीहरूको १०० प्रतिशत भिसा स्वीकृत भएपछि उनीहरूको सफलताका अवसरमा विशेष कार्यक्रम आयोजना गरिएको हो।
कार्यक्रममा विद्यार्थीहरूको मेहनत, अनुशासन र कन्सल्टेन्सीको प्रभावकारी मार्गदर्शनको प्रशंसा गर्दै उज्ज्वल भविष्यको कामना गरिएको थियो।
कन्सल्टेन्सीका डाइरेक्टर धनबहादुर पुरीले सबै विद्यार्थीको १०० प्रतिशत भिसा सफलता हासिल हुनु कन्सल्टेन्सीको प्रतिबद्धता र गुणस्तरीय सेवाको परिणाम भएको बताए। उनले भने,
“हामी विद्यार्थीको भविष्यप्रति जिम्मेवार छौं। सही मार्गदर्शन, पारदर्शिता र मेहनतले नै यो सफलता सम्भव भएको हो। आगामी दिनमा पनि यस्तै नतिजा दिने हाम्रो प्रयास निरन्तर रहनेछ।”
बिदाइ कार्यक्रममा शिक्षा क्षेत्रका विभिन्न व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा विश्व आदर्श कलेजका गणेश दुलाल, प्यावसन कोशी प्रदेशका अध्यक्ष सुमित थापा, हिमशिखर स्कुलका शैलेश पुरी, ज्ञान दर्पण एकेडेमीका केपी कोइराला, जनसहयोग उच्च माविका जनक बस्नेत, सरस्वती माविका मेदन घिमिरे , राष्टिय माबिका अध्यक्ष कोबिद कार्की , महेन्द्र क्याम्पस धरानका प्रध्यापक प्रकाश कार्की, सुस्मा कलेजका प्रध्यापक सनलाइट बन लगायतका शिक्षाका हस्तीहरूको उपस्थिति रहेको थियो।
कन्सल्टेन्सीले भविष्यमा पनि विद्यार्थीहरूलाई गुणस्तरीय सेवा प्रदान गर्दै विदेश अध्ययनको यात्रामा सफल बनाउन निरन्तर सक्रिय रहने जनाएको छ। संचालक नुतन लुइटेल, मदन बन रहेका छन । लुइटेल इन्जिनियर हुन भने बन लामो समय जापनमा बसेर इटहरी आएर जापनिज भाषा पढाउने इटहरीकै उत्कृष्ट शिक्षकाको रुपमा परिचित छन । कन्सल्टेन्सी खोलेको छोटो समयमै भरोसा इटहरीकै चर्चित कन्सल्टेन्सीको रुपमा रहेको छ ।



