• ebarahadarpan
  • Sample Page
Tuesday, January 20, 2026
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

वराहक्षेत्रको बोराबाधँ क्षेत्रमा सञ्चालित व्यवसायमा नगरपालिकाको अनुगमन, व्यवसायीलाई पर्यटकमैत्री बन्न निर्देशन

व्यवसायीलाई पर्यटकमैत्री बन्न निर्देशन

बराह दर्पण by बराह दर्पण
January 2, 2026
in मुख्य समाचार, समाचार
0
वराहक्षेत्रको बोराबाधँ क्षेत्रमा सञ्चालित व्यवसायमा नगरपालिकाको अनुगमन, व्यवसायीलाई पर्यटकमैत्री बन्न निर्देशन
0
SHARES
Share on FacebookShare on Twitter

वराहक्षेत्र नगरपालिका वडा नं. ६ अन्तर्गत पर्ने कोशी किनार बोराबाधँ क्षेत्रलाई थप आकर्षक र व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले नगरपालिकाको टोलीले शुक्रबार अनुगमन गरेको हो।

आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षक गन्तव्यका रूपमा विकास हुँदै गएको कोशी किनारस्थित बोराबाधँ क्षेत्रमा सञ्चालित व्यवसायहरूको नगरपालिकाले अनुगमन गरेको छ।

अनुगमनका क्रममा बोराबाधँ क्षेत्रमा कोशी नदीमा सञ्चालित पानी बोटहरूको नगरपालिका दर्ता प्रक्रिया, भाडादर, लाइफ ज्याकेटको व्यवस्था, बीमा तथा सुरक्षा मापदण्ड, पर्यटकमैत्री व्यवहार, होटल व्यवसाय दर्ता, खाद्य पदार्थको मूल्य र मूल्यमा एकरूपता लगायतका विषयमा व्यवसायी तथा बोराबाधँ पर्यकीय क्षेत्र व्यवस्थापन समितिका पदाधिकारीसँग छलफल गरिएको नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख मातृका तिवारीले जानकारी दिए।

साथै, व्यवसायीहरूलाई पर्यटकमैत्री सेवा प्रदान गर्न निर्देशन समेत दिइएको उनले बताए।
आन्तरिक तथा बाह्य पर्यटकहरूको रोजाइ बन्दै गएको बोराबाधँ क्षेत्रलाई थप व्यवस्थित गर्दै दीर्घकालीन पर्यटकीय विकास गर्ने नगर कार्यपालिकाको निर्णयअनुसार व्यवसायलाई कानुनी दायरामा ल्याउन, व्यवस्थापन गर्न तथा पर्यटक आकर्षण बढाउने उद्देश्यले अनुगमन गरिएको अनुगमन समितिकी संयोजक तथा नगर उपप्रमुख नन्दकुमारी सुनुवारले बताइन्।

नगर उपप्रमुख नन्दकुमारी सुनुवारको नेतृत्वमा सम्पन्न अनुगमन टोलीमा आर्थिक विकास शाखा प्रमुख मातृका तिवारी, राजस्व शाखा प्रमुख संगिता चौधरी, पशु विकास शाखा प्रमुख विमल अधिकारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय इनरुवा, सुनसरीका खाद्य अनुसन्धान अधिकृत उज्वल कोइराला, उद्योग वाणिज्य संघ वराहक्षेत्रका अध्यक्ष तुलसी श्रेष्ठ, बोराबाधँ पर्यकीय क्षेत्र व्यवस्थापन समितिका पदाधिकारी, नेपाल प्रहरी, नगर प्रहरी तथा पत्रकारहरूको सहभागिता रहेको थियो।

Previous Post

जिल्ला बचत तथा ऋण सहकारी संस्थाको सञ्चालक समितिको अध्यक्ष गोमा गिरि सर्वसम्मत चयन

Next Post

प्याब्सन वराहक्षेत्रद्वारा नगर अस्पताललाई २५ हजार रुपैयाँ बराबरको प्रतिक्षालय बेन्च प्रदान

Next Post
प्याब्सन वराहक्षेत्रद्वारा नगर अस्पताललाई २५ हजार रुपैयाँ बराबरको प्रतिक्षालय बेन्च प्रदान

प्याब्सन वराहक्षेत्रद्वारा नगर अस्पताललाई २५ हजार रुपैयाँ बराबरको प्रतिक्षालय बेन्च प्रदान

Recent Posts

  • कोशी प्रदेश स्तरीय लोकनृत्य प्रतियोगितामा एभरेस्ट ई. स्कुल प्रथम
  • लायन्स क्लब अफ इटहरी स्मार्ट सिटीद्वारा बृहत् निःशुल्क स्वास्थ्य शिविर, करिब एक हजार लाभान्वित
  • जिल्ला बचत सङ्घ सुनसरीको सञ्चालक सक्षमता विकास तालिम सम्पन्न
  • प्याब्सन कोशी प्रेसिडेन्ट कप रनिङ भलिबल २०८२ पुरुष तर्फ निधि स्कुल बिर्तामोड प्रथम
  • वराहक्षेत्रमा दोस्रो संस्करणको टि -20 क्रिकेट प्रतियोगिता भोलि देखि प्रथम पुरस्कर ५१ हजार

Recent Comments

  1. A WordPress Commenter on Hello world!

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर