• ebarahadarpan
  • Sample Page
Friday, April 17, 2026
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

गैँडाको खागजस्तो देखिने वस्तुसहित सुनसरीमा ४ जना नियन्त्रणमा

बराह दर्पण by बराह दर्पण
April 16, 2026
in Uncategorized
0
गैँडाको खागजस्तो देखिने वस्तुसहित सुनसरीमा ४ जना नियन्त्रणमा
0
SHARES
Share on FacebookShare on Twitter

सुनसरी, वैशाख ३ — सशस्त्र प्रहरी बल नेपाल नं. १ बराह वाहिनी मुख्यालय सुनसरीले गैँडाको खागजस्तो देखिने शंकास्पद वस्तुसहित चार जनालाई नियन्त्रणमा लिएको छ।

मिति २०८३ वैशाख ३ गते साँझ करिब ७:३० बजे सुनसरीको बर्जु गाउँपालिका–६ स्थित बर्जु तालको पूर्वी गेटबाट करिब १५० मिटर भित्र अवैध कारोबार भइरहेको विशेष सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।

वाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक मनिष थापालाई प्राप्त सूचनाका आधारमा सशस्त्र प्रहरी नायव उपरीक्षकको कमाण्डमा १६ जनाको टोली परिचालन गरिएको थियो।

प्रहरीका अनुसार पक्राउ परेकाहरूले मोटरसाइकलमा लुकाई–छिपाई राखी गैँडाको खागजस्तो देखिने वस्तुको मोलमोलाई गरिरहेको अवस्थामा फेला परेका हुन्।

बरामद सामग्रीमा गैँडाको खागजस्तो देखिने वस्तु १ थान र मोटरसाइकल २ वटा रहेका छन्।
पक्राउ परेका चारै जना तथा बरामद सामग्रीलाई आवश्यक कारबाहीका लागि जिल्ला वन कार्यालय, इनरुवा सुनसरीमा बुझाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

 

Previous Post

भरोसा एजुकेशन कन्सल्टेन्सीद्वारा जापान जाने विद्यार्थीहरूको भव्य बिदाइ

Next Post

नेपाली रुपैयाँसहित भारतीय नागरिक पक्राउ

Next Post
नेपाली रुपैयाँसहित भारतीय नागरिक पक्राउ

नेपाली रुपैयाँसहित भारतीय नागरिक पक्राउ

Recent Posts

  • नेपाली रुपैयाँसहित भारतीय नागरिक पक्राउ
  • गैँडाको खागजस्तो देखिने वस्तुसहित सुनसरीमा ४ जना नियन्त्रणमा
  • भरोसा एजुकेशन कन्सल्टेन्सीद्वारा जापान जाने विद्यार्थीहरूको भव्य बिदाइ
  • सिआइबीमा सिन्डिकेट, प्रमुख केसीको ध्याउन्न आर्थिक मुद्दामै केन्द्रीत
  • ६९औँ राष्ट्रिय सहकारी दिवस: चतरा सामुदायिकका व्यवस्थापक बाबुराम खत्री सम्मानित

Recent Comments

  1. A WordPress Commenter on Hello world!

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर