• ebarahadarpan
  • Sample Page
Wednesday, January 14, 2026
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

साना किसान कृषि सहकारीको २३औँ वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा पुनः खगेन्द्र भट्टराई निर्वाचित

बराह दर्पण by बराह दर्पण
January 12, 2026
in समाचार, स्थानीय समाचार
0
साना किसान कृषि सहकारीको २३औँ वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा पुनः खगेन्द्र भट्टराई निर्वाचित
0
SHARES
Share on FacebookShare on Twitter

साना किसान कृषि सहकारीको २३औँ वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा पुनः खगेन्द्र भट्टराई निर्वाचित
वराह दर्पण / नडाहा
बराहक्षेत्र नगरपालिका वडा नम्बर ६ चक्रघट्टिमा रहेको साना किसान कृषि सहकारी संस्थाको २३औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।
११ वटा अन्तरसमूह रहेको उक्त सहकारी संस्थामा कात्तिक २८ गतेदेखि पुस १६ गतेसम्म अन्तरसमूहस्तरमा साधारणसभा सम्पन्न गरी सोमबार पुस २८ गते संस्थाको सभा हलमा केन्द्रीय साधारणसभा सम्पन्न गरिएको संस्थाका मुख्य प्रबन्धक नमहाङ लिम्बुले जानकारी दिए।
लिम्बुका अनुसार साधारणसभाबाट पुरानो सञ्चालक समिति विघटन गरी नयाँ कार्यकालका लागि नयाँ सञ्चालक समिति चयन गरिएको छ। जसअनुसार अध्यक्षमा खगेन्द्र भट्टराई पुनः निर्वाचित भएका छन्। उपाध्यक्षमा लक्ष्मी कार्की चयन हुँदा सञ्चालक सदस्यहरूमा मानबहादुर राउत, होमकुमारी श्रेष्ठ, चन्द्रबहादुर थापा, सीता श्रेष्ठ, भीमकुमारी सुनुवार, तारा आचार्य, भूमिप्रसाद पोखरेल, बालकुमारी थापा र मायाश्वरी राई चयन भएका छन्।
त्यसैगरी लेखा समिति संयोजकमा पदमबहादुर माझी तथा सदस्यहरूमा राजकुमार श्रेष्ठ र सरला अधिकारी निर्वाचित भएका छन्।
संस्थाले बराहक्षेत्र नगरपालिका वडा नम्बर ६, ७, ८ र ९ लाई कार्यक्षेत्रका रूपमा समेट्दै आएको छ। हाल संस्थामा कुल सेयर सदस्य संख्या २ हजार १ सय ९० रहेको अध्यक्ष भट्टराईले वार्षिक प्रतिवेदनमार्फत जानकारी गराएका थिए।
साधारणसभामा संस्थाको आर्थिक गतिविधि विवरण समेत प्रस्तुत गरिएको थियो। विवरणअनुसार संस्थाको सेयर पूँजी ३ करोड ६० लाख ६२ हजार ८ सय ८५ रुपैयाँ, कुल निक्षेप १२ करोड ६२ लाख ६५ हजार १ सय ६२ रुपैयाँ रहेको छ। यस्तै, कुल आम्दानी २ करोड ८९ लाख ७६ हजार ८ सय १३ रुपैयाँ र कुल खर्च २ करोड ७२ लाख ४ हजार ५ सय ९४ रुपैयाँ रहेको छ। खर्च कटाएर संस्थाको खुद बचत १७ लाख ७२ हजार २ सय १८ रुपैयाँ रहेको मुख्य प्रबन्धक लिम्बुले जानकारी दिए।
साधारणसभामा आगामी आर्थिक वर्षका लागि अनुमानित बजेट समेत प्रस्तुत गरिएको थियो। साथै अन्तरसमूहबाट छनोट गरिएका ज्येष्ठ नागरिक, कृषक तथा प्लस टु उत्तीर्ण विद्यार्थीहरूलाई नगदसहित सम्मान गरिएको थियो।
संस्थाका अध्यक्ष खगेन्द्र भट्टराईको सभापतित्वमा सम्पन्न कार्यक्रममा बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्की प्रमुख अतिथि तथा उपप्रमुख नन्दकुमारी राई विशेष अतिथि रहेकी थिइन्। विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थित रहेको कार्यक्रममा उपाध्यक्ष लक्ष्मी कार्कीले स्वागत मन्तव्य राखेकी थिइन् भने कार्यक्रम सञ्चालन होमकुमारी श्रेष्ठले गरेकी थिइन्।

Previous Post

प्राध्यापक संघ सप्तकोशी बहुमुखी क्याम्पसको सभापतिमा पुनः केशव पुरी निर्वाचित

Next Post

प्याब्सन सुनसरीको दोस्रो जिल्ला परिषद भेला सम्पन्न ३ विद्यार्थी सम्मानित

Next Post
प्याब्सन सुनसरीको दोस्रो जिल्ला परिषद भेला सम्पन्न ३ विद्यार्थी सम्मानित

प्याब्सन सुनसरीको दोस्रो जिल्ला परिषद भेला सम्पन्न ३ विद्यार्थी सम्मानित

Recent Posts

  • वराहक्षेत्रमा दोस्रो संस्करणको टि -20 क्रिकेट प्रतियोगिता भोलि देखि प्रथम पुरस्कर ५१ हजार
  • प्याब्सन सुनसरीको दोस्रो जिल्ला परिषद भेला सम्पन्न ३ विद्यार्थी सम्मानित
  • साना किसान कृषि सहकारीको २३औँ वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा पुनः खगेन्द्र भट्टराई निर्वाचित
  • प्राध्यापक संघ सप्तकोशी बहुमुखी क्याम्पसको सभापतिमा पुनः केशव पुरी निर्वाचित
  • बराहक्षेत्रबाट अवैध बालुवा उत्खनन गर्दै गरेका ५ ट्याक्टरसहित चालक नियन्त्रणमा बराहक्षेत्र, सुनसरी।

Recent Comments

  1. A WordPress Commenter on Hello world!

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर