• ebarahadarpan
  • Sample Page
Saturday, April 18, 2026
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

पेस्तोल, गोली र ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

बराह दर्पण by बराह दर्पण
February 13, 2026
in समाचार
0
पेस्तोल, गोली र ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ
0
SHARES
Share on FacebookShare on Twitter

पेस्तोल, गोली र ब्राउन सुगरसहित भारतीय नागरिक पक्राउ

सुनसरी — सशस्त्र प्रहरी बल, नेपाल नं. १ बराह बाहिनी मुख्यालय सुनसरीले अवैध हतियार, गोली, लागूऔषध र नगदसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ।

आज २०८२ फागुन १ गते साँझ करिब ५ः४० बजे कोशी गाउँपालिका–३ जमुना सीमा क्षेत्रस्थित चेकपोस्टमा खटिएको सशस्त्र प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको BR–50 AJ–4229 नम्बरको मोटरसाइकल रोकी जाँच गर्ने क्रममा उनलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा भारत, जिल्ला अररिया, बेला ग्राम पंचायत–४ बस्ने ३६ वर्षीय राम खेलन पासवान रहेका छन्। शंकास्पद व्यवहार देखिएपछि शरीर जाँच गर्दा उनको कम्मरमा लुकाई राखिएको इटालियन ९ एमएम स्वचालित पेस्तोल (म्यागजिनसहित) र ३ राउण्ड गोली फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।

त्यसैगरी उनको साथबाट बाहिरी खल्तीमा राखिएको ब्राउन सुगर जस्तो देखिने पदार्थ करिब १०० ग्राम पनि बरामद गरिएको छ भने प्रहरीले उनको साथबाट विभिन्न दरका नेपाली तथा भारतीय रुपैयाँ समेत बरामद गरेको जनाएको छ।

पक्राउ परेका पासवानलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय इनरुवा, सुनसरीमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ।

आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको र नियमित गस्ती तथा चेकजाँचलाई प्रभावकारी बनाइएकाले यस्तो सफलता हासिल भएको सशस्त्र प्रहरी बलले जनाएको छ।

Previous Post

जलपा आधारभूत विद्यालयको २८औँ वार्षिक उत्सव तथा खेल सप्ताह सम्पन्न

Next Post

आइजीपी हटाउने चलखेल कि ‘आयुक्त सुरक्षित’ गर्ने खेल ? एआइजी मनोज केसीमाथि गम्भीर आरोप

Next Post
आइजीपी हटाउने चलखेल कि ‘आयुक्त सुरक्षित’ गर्ने खेल ? एआइजी मनोज केसीमाथि गम्भीर आरोप

आइजीपी हटाउने चलखेल कि ‘आयुक्त सुरक्षित’ गर्ने खेल ? एआइजी मनोज केसीमाथि गम्भीर आरोप

Recent Posts

  • नेपाली रुपैयाँसहित भारतीय नागरिक पक्राउ
  • गैँडाको खागजस्तो देखिने वस्तुसहित सुनसरीमा ४ जना नियन्त्रणमा
  • भरोसा एजुकेशन कन्सल्टेन्सीद्वारा जापान जाने विद्यार्थीहरूको भव्य बिदाइ
  • सिआइबीमा सिन्डिकेट, प्रमुख केसीको ध्याउन्न आर्थिक मुद्दामै केन्द्रीत
  • ६९औँ राष्ट्रिय सहकारी दिवस: चतरा सामुदायिकका व्यवस्थापक बाबुराम खत्री सम्मानित

Recent Comments

  1. A WordPress Commenter on Hello world!

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर