• ebarahadarpan
  • Sample Page
Tuesday, April 21, 2026
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

कोशी प्रदेश स्तरीय लोकनृत्य प्रतियोगितामा एभरेस्ट ई. स्कुल प्रथम

बराह दर्पण by बराह दर्पण
January 20, 2026
in मुख्य समाचार, समाचार, स्थानीय समाचार
0
कोशी प्रदेश स्तरीय लोकनृत्य प्रतियोगितामा एभरेस्ट ई. स्कुल प्रथम
0
SHARES
Share on FacebookShare on Twitter
कोशी प्रदेश स्तरीय लोकनृत्य प्रतियोगितामा एभरेस्ट ई. स्कुल प्रथम
वराह दर्पण / नडाहा
कोशी प्रदेश प्याब्सन कार्यसमितिको आयोजनामा सम्पन्न प्रदेश स्तरीय लोकनृत्य प्रतियोगितामा एभरेस्ट ई. स्कुल, मोरङले प्रथम स्थान हासिल गरेको छ।
प्रतियोगितामा रोयल मेरिगोल्ड स्कुल, पाँचथर दोस्रो, रेड स्टार स्कुल, मोरङ तेस्रो, कर्णाली एजुकेशनल फाउन्डेशन, झापा चौथो तथा मोरङ मेरिगोल्ड स्कुल, मोरङ पाँचौँ स्थानमा रहन सफल भएको छ।
प्रतियोगिताका विजेता विद्यालयहरूलाई ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिएको थियो। प्रतियोगितामा जिल्लास्तरबाट छनोट भई आएका कक्षा +२ सम्मका १४ वटा विद्यालयका विद्यार्थीहरूको सहभागिता रहेको थियो।
प्रतियोगितामा सहभागी विद्यालयहरूमा हिमशिखर सेकेन्डरी इङ्लिस स्कुल (सुनसरी), प्याराडाइज सेकेन्डरी स्कुल (उदयपुर), मोरङ मेरिगोल्ड स्कुल (मोरङ), एभरेस्ट ई. स्कुल, पथरी (मोरङ), बराह राइजिङ स्टार (सुनसरी), रोयल मेरिगोल्ड स्कुल (पाँचथर), रेड स्टार स्कुल (मोरङ), प्यारागन एकेडेमी (झापा), कर्णाली एजुकेशनल फाउन्डेशन (झापा), तमोर भ्याली स्कुल (धनकुटा), सयपत्री सेकेन्डरी स्कुल (धनकुटा), खनार सन साइन इङ्लिस स्कुल (सुनसरी), ग्रिन फिल्ड ई. स्कुल तथा शीतलादेवी ई. स्कुल, पाख्रिवास (धनकुटा) सहभागी रहेको प्रदेश अध्यक्ष सुमित थापाले दिए।
सोमबार झापाको दमकस्थित सिद्धार्थ सेकेन्डरी इङ्लिस बोर्डिङ स्कुलको सभाहलमा सम्पन्न कार्यक्रममा प्रदेश अध्यक्ष सुमित थापाको सभापतित्व रहेको थियो भने प्रमुख अतिथिका रूपमा प्याब्सन केन्द्रीय सल्लाहकार नारायण घिमिरेको उपस्थिति रहेको थियो। कार्यक्रममा जिल्ला अध्यक्ष, कार्यसमिति पदाधिकारी, प्रकाशन प्रतिनिधि लगायत विभिन्न अतिथिहरूको सहभागिता रहेको थियो।
Previous Post

लायन्स क्लब अफ इटहरी स्मार्ट सिटीद्वारा बृहत् निःशुल्क स्वास्थ्य शिविर, करिब एक हजार लाभान्वित

Next Post

७औँ सुदेश सुब्बा मेमोरियल हिमशिखर कप २०८२ को उपाधि मुनबिम एकेडेमीलाई

Next Post
७औँ सुदेश सुब्बा मेमोरियल हिमशिखर कप २०८२ को उपाधि मुनबिम एकेडेमीलाई

७औँ सुदेश सुब्बा मेमोरियल हिमशिखर कप २०८२ को उपाधि मुनबिम एकेडेमीलाई

Recent Posts

  • नेपाली रुपैयाँसहित भारतीय नागरिक पक्राउ
  • गैँडाको खागजस्तो देखिने वस्तुसहित सुनसरीमा ४ जना नियन्त्रणमा
  • भरोसा एजुकेशन कन्सल्टेन्सीद्वारा जापान जाने विद्यार्थीहरूको भव्य बिदाइ
  • सिआइबीमा सिन्डिकेट, प्रमुख केसीको ध्याउन्न आर्थिक मुद्दामै केन्द्रीत
  • ६९औँ राष्ट्रिय सहकारी दिवस: चतरा सामुदायिकका व्यवस्थापक बाबुराम खत्री सम्मानित

Recent Comments

  1. A WordPress Commenter on Hello world!

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर