• ebarahadarpan
  • Sample Page
Friday, April 17, 2026
ebarahadarpan
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर
No Result
View All Result
ebarahadarpan
No Result
View All Result

७औँ सुदेश सुब्बा मेमोरियल हिमशिखर कप २०८२ को उपाधि मुनबिम एकेडेमीलाई

बराह दर्पण by बराह दर्पण
January 29, 2026
in खेलकुद, स्थानीय समाचार
0
७औँ सुदेश सुब्बा मेमोरियल हिमशिखर कप २०८२ को उपाधि मुनबिम एकेडेमीलाई
0
SHARES
Share on FacebookShare on Twitter

७औँ सुदेश सुब्बा मेमोरियल हिमशिखर कप २०८२ को उपाधि मुनबिम एकेडेमीलाई

सुनसरी, तरहरा
सुनसरीको तरहरामा सम्पन्न ७औँ सुदेश सुब्बा मेमोरियल हिमशिखर कप २०८२ को उपाधि बराहक्षेत्र–५, कालाबन्जारस्थित मुनबिम एकेडेमी ले हात पारेको छ।

आज सम्पन्न फाइनल खेलमा बराहक्षेत्र–३, नडाहास्थित भरौल बाल मन्दिर इङ्गलिस स्कुल र मुनबिम एकेडेमी बीच निकै प्रतिस्पर्धात्मक खेल भएको थियो।

निर्धारित समयसम्म दुवै टोलीबाट गोल हुन नसकेपछि खेल टाइब्रेकर मा पुगेको थियो। टाइब्रेकरमा मुनबिम एकेडेमीले ४–३ गोल अन्तरले भरौल बाल मन्दिर इङ्गलिस स्कुललाई पराजित गर्दै उपाधि जित्न सफल भएको छ।

उपाधि विजेता मुनबिम एकेडेमीले नगद २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने उपविजेता भरौल बाल मन्दिर इङ्गलिस स्कुलले नगद १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

माघ ११ गतेदेखि सञ्चालन भएको उक्त प्रतियोगितामा सुनसरी जिल्लाभित्रका १६ वटा विद्यालयका कक्षा ५ सम्म अध्ययनरत, १२ वर्ष मुनिका विद्यार्थीहरू सहभागी भएका थिए।

हिमशिखर इङ्गलिस स्कुलका प्रिन्सिपल शैलेश पुरीका अनुसार विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकास, अनुशासन र खेल प्रतिभाको पहिचान गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको र विद्यालयस्तरमै खेलकुदको संस्कार विकास गर्न यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए।

कार्यक्रममा हिमशिखर इङ्गलिस स्कुलका प्रिन्सिपल शैलेश पुरीको सभापतित्वमा भएको कार्यक्रममा प्याब्सन कोशी प्रदेश अध्यक्ष सुमित थापा प्रमुख अतिथिका रूपमा सहभागी रहेका थिए भने एन्फा जिल्ला अध्यक्ष नवीन राई र प्याब्सन जिल्ला अध्यक्ष थानेश्वर ढकाल नेल्सन विशेष अतिथिका रूपमा उपस्थित रहेका थिए।

Previous Post

कोशी प्रदेश स्तरीय लोकनृत्य प्रतियोगितामा एभरेस्ट ई. स्कुल प्रथम

Next Post

जलपा आधारभूत विद्यालयको २८औँ वार्षिक उत्सव तथा खेल सप्ताह सम्पन्न

Next Post
जलपा आधारभूत विद्यालयको २८औँ वार्षिक उत्सव तथा खेल सप्ताह सम्पन्न

जलपा आधारभूत विद्यालयको २८औँ वार्षिक उत्सव तथा खेल सप्ताह सम्पन्न

Recent Posts

  • नेपाली रुपैयाँसहित भारतीय नागरिक पक्राउ
  • गैँडाको खागजस्तो देखिने वस्तुसहित सुनसरीमा ४ जना नियन्त्रणमा
  • भरोसा एजुकेशन कन्सल्टेन्सीद्वारा जापान जाने विद्यार्थीहरूको भव्य बिदाइ
  • सिआइबीमा सिन्डिकेट, प्रमुख केसीको ध्याउन्न आर्थिक मुद्दामै केन्द्रीत
  • ६९औँ राष्ट्रिय सहकारी दिवस: चतरा सामुदायिकका व्यवस्थापक बाबुराम खत्री सम्मानित

Recent Comments

  1. A WordPress Commenter on Hello world!

No Result
View All Result
  • हाेमपेज
  • मुख्य समाचार
  • समाचार
  • स्थानीय समाचार
  • खेलकुद
  • फोटो फिचर